अर्थ-वाणिज्य

केही फेरबदलसहित २८ सहसचिवको सरुवा : सामान्यले पत्र बितरण थाल्यो



काठमाडौँ ९ माघ। सरकारले सहसचिव सरुवा टुङ्गो लगाएको छ । केही दिन अघि ‘प्रमाणीकरण’ भएको भनिएको प्रस्तावमा तीन जनाको नाम फेरबदल र एक जनाको कार्यालय परिवर्तनपछि मङ्गलवार पत्र वितरण गरेको हो ।मन्त्रालयले पठाएको प्रस्तावमा उल्लेखित केही नामावली परिवर्तनपछि मुख्य सचिव डा। बैकुष्ठ अर्यालले आज प्रमाणीकरणको पत्र मन्त्रालय पठाएसँगै पत्र बाँड्न थालिएको एक सहसचिवले बताए । प्रशासनलाई प्राप्त विवरण अनुसार यसअघिको सूचीमा मधेस प्रदेशको अर्थ मन्त्रालय सरुवा प्रस्ताव गरिएका भन्सार विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल र दुर्गालक्ष्मी श्रेष्ठको नाम हटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत प्रमुख अस्पताल नर्सिङ प्रशासक रहेकी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको थियो ।त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव अशोक कुमार साहलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश सरुवा गरिएको छ ।

त्यस्तै माधव प्रसाद भट्टराईको भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रस्ताव गरिएकोमा सहरी विकास मन्त्रालय वा अन्तर्गत राखिएको छ । लामो रस्साकस्सी तिकडमका बिच सरुवा भएका सहसचिवहरूको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रमाणीकरण भएर आएसँगै अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र वितरण गर्दैछ ।

गत शुक्रवार मात्रै सामान्य प्रशासन मन्त्रीको सचिवालय स्रोतबाट प्राप्त विवरणमा २९ जना सहसचिवको नामावली प्रस्ताव गरिएको थियो । सोही सूची प्रमाणीकरण भएर आएको तर पछि फिर्ता लगेको ती स्रोतको दाबी थियो ।
सोही सूचीमा समावेश केही सहसचिवहरु फेरबदल गर्दै सूची टुंङ्ग्याइएको हो । पछिल्लो सरुवा महिनौं लगाइएको थियो

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६