खोज–अनुसन्धान

जनमत बाहिरिएपछि के हुन्छ मधेस प्रदेश सरकारको भबिंस्य ?



जनकपुर १० माघ ।मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएपनि मुख्यमन्त्री सरोज यादवलाई बहुमत कायमै छ । मंगलबार जनमतका मन्त्रीले पदबाट राजीनामा दिँदै जनता समाजवादीका मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री थिए । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनमा बुझाएका छन् । जनमत सरकारबाट बाहिरिएपनि मधेस प्रदेशमा सत्ता समीकरणमा कुनै समस्या छैन । कुल १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मधेस प्रदेशमा सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत छ ।
मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपाका १८, माओवादीका ८, लोसपाका ९ र एकीकृत समाजवादीको ७ गरी ६४ सांसदको समर्थन छ । यता सरकार बाहिर रहेको एमालेका २४ सांसदको पनि यादवलाई समर्थन छ ।
गत जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका मुख्यमन्त्री यादवले १०३ जना सांसदको समर्थन पाएका थिए । त्यसमध्येबाट जनमतका १३ जनाको मात्र समर्थन फिर्ता भएको छ । ९० जना सांसदको समर्थन मुख्यमन्त्री यादवलाई अझै कायम छ ।
मधेस प्रदेशको अंगणित अनुसार कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन रहेसम्म मुख्यमन्त्री यादवको पद सुरक्षित देखिन्छ ।

प्रकाशित : १० माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६