ब्रेकिंग न्युज

नयाँ विद्युत् सब–स्टेसन निर्माण सुरु



दाङ १० माघ । दाङको राप्ती गाउँपालिकामा विद्युत् सब–स्टेसन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमही अन्तर्गत राप्तीको वडा नम्बर २ बराखुट्टी एकता नगरमा ३३र११ केभीए क्षमताको सब–स्टेसन निर्माण सुरु भएको हो ।

पालिकामा विद्युतको लो भोल्टेज, ओभरलोड र विद्युत कटौतीको समस्या समाधान सँगै पालिकालाई क्षमता सहित पूर्ण रुपमा विद्युतीकरण गर्ने उद्देश्यले उक्त सब–स्टेसन निर्माण गर्न लागिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । एकता नगरमा निर्माण हुने विद्युत् सब–स्टेसनको मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गरेका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्टले अब राप्तीमा विद्युतको सबै समस्याहरु सधैँका लागि अन्त्य हुने बताए। उनले पालिकाका कतिपय वडाका पहाडी गाउँका नागरिकहरु अझै पनि अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको बताउँदै सब–स्टेसनको काम सम्पन्न भए सँगै त्यो बाध्यताको अन्त्य हुने बताए ।

१५ महिना भित्र काम सम्पन्न गर्ने गरी एस टी ए एल एम ई जेभी कम्पनीलाई ५० करोड रुपैयाँमा ठेक्का दिइएको छ ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमहीका प्रमुख युवराज रावतले देउखुरी क्षेत्रमा विद्युतको समस्या समाधान गर्ने प्रयास भइरहेको बताउँदै सब( स्टेसन निमार्णले विद्युतको धेरै समस्या समाधान हुने बताए । सब( स्टेसन शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिका प्रवक्ता तथा वडा नं। २ का वडा अध्यक्ष पहलवान चौैधरी, वडा नं। ४ का वडा अध्यक्ष बिरबहादुर चौैधरी, प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, निर्माण व्यावसायि, सरोकारवाला लगायत स्थानीयहरुको सहभागीता रहेको थियो

प्रकाशित : १० माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६