प्रदेश

द्वन्द्वकालमा भत्किएको बर्दिया भुरीगाउँको प्रहरी चौकी झण्डै २२ वर्षपछि पुनःनिर्माण



बर्दिया, १० माघ । द्वन्द्वकालमा भत्किएको बर्दिया भुरीगाउँको प्रहरी चौकी झण्डै २२ वर्षपछि पुनःनिर्माण भएको छ । द्वन्द्वकालका बेला झण्डै २२ वर्षअघि २०५८ सालमा बम विष्फोटबाट पूर्ण रुपमा भत्किएको इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँको भवन पुनःनिर्माण भएको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिका २ मा रहेको नवनिर्मित इलाका प्रहरी कार्यालयको भवन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले हिजो उद्घाटन गर्नुभएको छ । प्रहरी कार्यालयको भवन पुनःनिर्माणका लागि लुम्बिनी प्रदेश सरकारले ३ करोड ७८ लाख ४१ हजार रुपैयाँ सहयोग गरेको थियो ।

इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या थियो । अब थुनुवा हिरासत कक्षसहितको भवन निर्माण भएसँगै स्थानीयलाई प्रहरीसँग सम्बन्धित मुद्धा लिएर सदरमुकाम गुलरिया जानुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित : १० माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६