कपिलवस्तु १० माघ ।कपिलवस्तुको तौलिहवामा संयुक्त बजार अनुगमन गरिएको छ । उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको आयोजनामा तौलिहवा बजारका मिस्ठान भण्डार, होटलमा संयुत्तल अनुगमन गरिएको हो । सहायक प्रजिअ भबिश्वर घिमिरेको अगुवाइएमा गरिएको अनुगमनका क्रममा भुमी सुधार तथा मालपोत कार्यालय अघि बिना दर्ता संचालन रहेको सुनील कहाँरको मिस्ठान्न पसललाई ५ हजार जरिवाना गरिएको हो ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेम गौतमले सुनिल काहारको पसल बिना दर्ताको संचालन रहेको पाइएकाले पहिलो पटककालागि ५ हजार जरिवाना गरिएको बताए । कहारलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन समेत दिइएको छ । अधिकांस मिस्ठान्न भण्डारमा प्रयोग गरिएको तेल समेत जाच गर्दा खान याग्य नभेटिएको गौतमले बताए ।
बिभिन्न मिस्ठान्न भण्डारका खाद्यय गुण नियन्त्रण कार्यालयका प्राबिधिकहरुले खाने तेलको जाच गरेका थिए । ५ लिटर बढी खान अयोग्य भेटिएको तेल समेत नष्ट गरिएको छ । म्याद गुज्रेका पेय पदार्थ लगायतका ५ हजार बढी मुल्यका सामाग्रीहरु समेत जफत गरी नष्ट गरिएको प्रशासन कार्यालयका नासु बावुराम पोख्रेलले बताए ।
१० माघ २०८०, बुधबार
प्रतिक्रिया