देश

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन



काठमाडौं, ११ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।

‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ । जाने कुरो पनि छैन,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ । उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन् ।

प्रकाशित : ११ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६