अर्थ-वाणिज्य

राजु गुरुङको राजीनामा स्वीकृत :अशोक कोइराला प्रदेश सचिव चयन



रुपन्देही १२ माघ । नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार बसको बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ । यसै गरी बैठकले गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सह इन्चार्जको जिम्मेवारी दिएको छ भने गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुको राजीनामा स्वीकृत गर्दै, सचिवको स्थानमा अशोक कोइरालालाई चयन गर्ने निर्णय भएको छ । यही माघ १४ र १५ बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने समाजवादीको प्रचार विभागले जनाएको छ ।

प्रकाशित : १२ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६