अर्थ-वाणिज्य

बुटवलको पार्किङ समस्या समाधान गर्न सर्वपक्षीय कार्यदल गठन



बुटवल, १२ माघ । बुटवलको पार्किङ समस्या समाधान गर्न गठित कार्यदल पार्किङ स्थानको खोजी तथा व्यवस्थापनमा जुटेको छ । कार्यदलको बुटवल उद्योग वाणिज्य सङ्घमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थलगत निरीक्षण गरेर एउटा निष्कर्षमा पुग्नेगरी तयार गरिएको कार्यदलका सदस्य सचिव तथा बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।
बुटवलको पार्किङ समस्या समाधानको लागि बुटवल उद्योग वाणिज्य सङ्घको अग्रसरतामा बुटवल उपमहानगरपालिका ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठको संयोजकत्वमा सर्वपक्षीय पार्किङ व्यवस्थापन कार्यदल गठन गरिएको थियो ।
सोही कार्यदलको बैठकले पार्किङ समस्या समाधानको लागि स्थानको पहिचान गरी ती स्थानलाई व्यवस्थापन मिलाउन प्राविधिक पक्षलाई समेत विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्ने निर्णय गरिएको कार्यदलका संयोजक समेत रहनुभएका बुटवल ५ का वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तत्कालको लागि लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको जग्गा, लुम्बिनी प्रदेश प्रमुखको कार्यालयको छेउमा रहेको खाली जग्गा, बुटवल बालमन्दिर लगायतका स्थानलाई पार्किङको रूपमा प्रयोग गर्न सकिन्छ । ती ठाउँलाई कसरी प्रयोग गर्ने, पार्किङको लागि सम्भावित सवारी साधन कति छन्, कति ठाउँ चाहिन्छ जस्ता कुराहरूलाई स्थलगत निरीक्षण गरी प्राविधिकसँग विश्लेषण गरेर अगाडि बढ्ने उहाँले जानकारी गराउनुभयो ।
पार्किङ व्यवस्थापनको लागि कार्यदलले सुरुवाती समयमा बजार क्षेत्र वडा नं. ४, ५, ६ र ८ मा पर्ने अमरपथ, संगमपथ, राममन्दिर लाइन, बिपी चोक, ट्राफिकचोक तथा अस्पताललाई (भुड्की चोक) मा पार्किङको वैकल्पिक व्यवस्थापनमा जुटेको हो ।
यो दीर्घकालीन व्यवस्थापन भने होइन । दीर्घकालीन समस्या समानको लागि योजना बनाएर काम गर्नुपर्छ । पार्किङ समस्यालाई दिगो रूपमा समाधान गर्नको लागि सबैभन्दा पहिला व्यवस्थापन योजना निर्माण गर्नुपर्ने बुटवल उपमहानगरपालिकाका इन्जिनियर गोविन्द पङ्गेनी बताउनुहुन्छ ।

प्रकाशित : १२ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६