खोज–अनुसन्धान

कपिलवस्तुमा कोरोना बिरुद्धको ३० हजार फाईजर आयो : खोप अभियान पुन सुरु



कपिलवस्तु १२ माघ ।कपिलवस्तुमा कोरोना बिरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित फेरी देखा पर्न थाले पछि कपिलवस्तुको कृष्ण्ननगर नाकाबाट खोप लगाउने अभियान शुक्रवारबाट थालिएको हो । कोरना बिरुद्धको फाईजर कम्पनीको खोप लगाउन सुरु गरिएको हो । १८ बर्ष माथीकाहरुलाई खोप लगाईन छ । आउने माघ २५ देखि फागनु ३ गते सम्म बिशेष अभियान चलाईने छ । पहिलो चरणमा रोजागरीकालागि भारत गएका नेपालीहरु नाकाबाट फर्किदा त्यस्ता ब्यक्तिहरुलाई कृष्णनगर नाका मै खोप लगाउने प्रबन्ध मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय खोप अधिकृत दिवाकर महर्जनले बताए ।

कृष्णनगरमा स्थापना भएको हेल्प डेस्क मै खोप लगाउने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । अभियानको प्रजिअ बिश्व प्रकाश अर्यालले शुभाम्भ गर्दै कोरोना बिरुद्ध आफै सेचेत हुनु पर्ने बताए । उनले बिगतमा कोरानोले कपिलवस्त सहीत देशमा धेरै जनाको ज्यान गएकाले बेलैमा होसियारी अपनाउनु पर्ने बताए । उनले मास्क लगाई आफुलाई सुरक्षित राख्नु पर्ने र खोप समेत लगाउनु पर्ने बताए ।

पहिलो चरणका लागि जिल्लामा ३० हजार डोज खोप आएको जिल्ला स्वास्थ्य कार्यालकया प्रमुख नारायण प्रसाद चौधरीले बताए । पहिलो चरणमा भारतसंग सिमा जोडिएका कृष्णनगर, महाराजगंज, यशोधरा मायादेबी र सुद्धोदन गाउपालिकाकामा खोप लगाउने कार्यक्रम छ । पहिले खोप लगाएकाहरुले बुस्टर र नयाले समेत खोप लगाउने ब्यवस्था गरिएको उनले बताए । कोरोना बिरुद्ध खोप लगाई सुरक्षित हुन उनले आग्रह गरे । पहिलो दिन १७ जनाले खाप लागएको खोप अधिकृत महर्जनले बताए । यो खोप पुर्णतया सुरक्षित रहेको र १८ बर्ष माथीका सबैले लगाउनु पर्ने उनले बताए ।

प्रकाशित : १२ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६