प्रदेश

बनगाईमा खुल्यो आँखा उपचार केन्द्र, जय भैरव चश्मा पसलको सेवा विस्तार  




कपिलवस्तु, १२ माघ । 
बाणगंगाको बनगाईमा आँखा उपचार केन्द्र तथा चश्मा पसल सञ्चालनमा आएको छ । बाणगङ्गा ४ नम्बरबाट सेवा दिदै आएको जय भैरव चश्मा पसलले आफ्नो शाखा विस्तार गर्दै बनगाईमा सेवा सञ्चालन गरेको हो । 

आँखा उपचार केन्द्र तथा जय भैरव चश्मा पसलले आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । वडा न। ७ मा सञ्चालनमा आएको जय भैरव चश्मा पसलको वडा अध्यक्ष विष्णु गिरी तथा होटल पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष विष्णु गिरीले वडामा खुलेको चश्मा पसल तथा आँखा उपचार केन्द्रलाई वडा बासिका सेवाको लागि सदैव तत्पर रहन आग्रह गरे । उनले जय भैरव चश्मा पसल पसल मात्र नभएर सेवाको काम भएकाले वडाले पनि शिविरको रुपमा सहयोग गर्न सक्ने बताए । 

यस्तै होटल पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले सेवा सँगै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । यस्तै जय भैरव चश्मा पसल तथा आँखा उपचार केन्द्रका सञ्चालक सन्दीप भट्टराईले आफू सेवाकालागि सदैव अग्रसर रहेको जानकारी दिए । उनले व्यवसाय मात्र नभएर गरिब दुःखीहरूलाई निशुल्क सेवा प्रदान गर्न आफू पछि नपर्ने जनाए । उनले कँही त्यस्तो   छ भने आफूलाई खवर गर्न पनि उपस्थित सबैलाई आग्रह गरे । उनले शुभारम्भको अवसरमा माघ १५ गते सम्म निशुल्क आँखा चेकजाँचको प्रबन्ध मिलाएको जानकारी दिए । 

प्रकाशित : १२ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६