प्रदेश

नेपाल किसान ट्रयाक्टर समितिका नव निर्वाचित पदाधिकारीको पदभार ग्रहण



कपिलवस्तु, १२ माघ  ।नेपाल किसान ट्रयाक्टर समितिको नबौं अधिवेशनबाट निर्वाचित समितिले शपथ तथा पदभार ग्रहण गरेको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८ पुल्चोक स्थित नेपाल किसान ट्रयाक्टर समितिको नबौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका हुन्  ।  निवर्तमान समितिले नवनिर्वाचित समितिलाई  पद हस्तान्तरण  गरेका हुन् ।
केही दिन अघि सम्पन्न अधिवेशनले अध्यक्षमा झविन्द्र खनाल, निवर्तमान उपाध्यक्षमा शंकर प्रसाद पौडेल, बरिष्ठ उपाध्यक्षमा बेचन यादव, उपाध्यक्षमा संक्रान्ति थारू, हरि प्रसाद श्रेष्ठ र प्रेमचन्द्र पोख्रेल, महासचिवमा विष्णु गिरी, सचिवमा चन्द्रमणि भण्डारी, कोषाध्यक्षमा मिलन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा कृष्ण प्रसाद गैरे, ऋषिराम सापकोटा, नारायण कडेल, गोपाल सिंह बेल्बासे, चन्द्र बहादुर बि.क. लगायत सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डल संयोजक ओम प्रकाश अर्यालले जानकारी दिनुभयो ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । कार्यक्रममा पूर्व पदाधिकारी, सल्लाहकार लगायतको उपस्थिति रहेको थियो । शपथ ग्रहण गरेसँगै नवनिर्वाचित अध्यक्ष खनालले आफूलाई सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्ने निर्वाचन मण्डल, निवर्तमान समिति, ट्रयाक्टर व्यवसायी तथा सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सबै ट्रयाक्टर व्यवसायीलाई समावेश गरि संस्थालाई अझ सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा निर्वाचन मण्डल, पूर्व पदाधिकारी, संस्थाका सहयोगी लगायतलाई सम्मान पनि गरिएको छ ।

प्रकाशित : १२ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६