खोज–अनुसन्धान

माओवादी केन्द्र कोशीले ५० सदस्यलाई जिल्ला समितिमा घटुवा गर्यो



विराटनगर १३ माघ ।नेकपा माओवादी केन्द्र ‘१ नं। प्रदेश(कोशी) समिति’ले आफ्ना ५० सदस्यलाई जिल्ला समितिमा घटुवा गरेको छ। प्रदेश इन्चार्ज चक्रपाणी खनाल (वलदेव )कोप्रमुख आतिथ्यतामा यही माघ ११ र १२ गते विराटनगरमा सम्पन्न ‘१ नं। प्रदेश समिति’को बैठकले चारमहिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा नखटिने ५० जना प्रदेश सदस्यलाई जिल्ला समितिमा घटुवा गर्ने निर्णय गरेको हो। बैठकले समितिको बैठकमा लगातार ३ पटकसम्म अनुपस्थित सदस्यहरूलाई तल्लो समितिमा घटुवा गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्र ‘१ नं प्रदेश समिति’को बैठकले गरेका १६ वटा निर्णयमध्ये पहिलो नम्बरमा भनिएको छ, ‘प्रदेश समितिको बैठकमा लगातार ३ पटकसम्म अनुपस्थित सदस्यहरूलाई तल्लो समितिमा घटुवा गर्ने।’प्रदेश सभाको बहुमतले प्रदेश नम्बर १ को नाम कोसी राखिसकेको भए पनि यसमा पहिचानवादी असन्तुष्ट रहेकाले माओवादी केन्द्रले आफ्नो प्रदेश समितिको नाममा कोसी नराखी प्रदेश नम्बर १ नै राखिरहेको छ।

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६