प्रदेश

बुद्धज्ञान साइकल यात्राको टोली कपिलवस्तुमा, बाणगंगाले गर्‍यो स्वागत 



कपिलवस्तु, १३ माघ । 
बुद्धज्ञान साइकल यात्रा २०८० को टोली शुक्रबार कपिलवस्तु आइपुगेको छ । भैरहवाबाट सुरु भएको साइकल यात्रा नवलपरासीको रामग्राम हुँदै कपिलवस्तु आएको हो ।  साइकल यात्रा टोलीलाई  कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले स्वागत समेत गरेको छ ।  टोलीलाई स्वागत गर्दै बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बुद्धको ज्ञान दर्शनमा आधारित रहेर विश्व शान्तिको कामना सहित आयोजना  गरिएको  साइकल यात्रा टोलीलाई स्वागत गर्न पाँउदा खुसी लागेको बताउनुभयो । उहाँले  बाणगङ्गा नगरपालिका भित्र पनि बुद्धसँग सम्बन्धी सम्पदाहरू रहेको बताउँदै यो साइकल यात्राले नगरको पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यता साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारू मगरले रूपन्देही, नवलपरासी र कपिलवस्तुको बुद्ध परिपथमा पर्यटन प्रवर्द्धन गर्ने हेतुले बुद्धज्ञान साइकल यात्रा २०८० को आयोजना गरेको बताउनुभयो । साइकल यात्रामा १० वर्षका बालबालिका , अपांगता भएका व्यक्ति तथा नेपाल भारत र चाईनाका गरि २ सय जना भन्दा बढी सहभागि भएको बताउनुभयो । शुक्रबार यात्राको पहिलो दिन नवलपरासीको रामग्राम, देवदह हुँदै कपिलवस्तुको जगदिशपुर सम्मको यात्रा गरेको जनाउदै शनिबार कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धी ठाउँ सगरहवा, तिलौराकोट, कुदान, गोटिहवा, लगायतको ठाउँमा पुग्ने योजना रहेको छ भने शनिबार नै  लुम्बिनीको मायादेवी मन्दिर दर्शन गर्ने र यात्राको औपचारिक रुपमा समापन गरिने जनाउनुभयो ।

बुद्धज्ञान साइकल यात्राको यो पहिलो संस्करण  हो भने यो यात्रालाई प्रत्येक वर्ष आयोजना गर्दै जाने र अन्तराष्ट्रिय स्तरको यात्रा समेत आयोजना गर्ने लक्ष्य रहेको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारू मगरले जनाउनुभयो । स्वास्थ्य, पर्यावरण र पर्यटनका लागि साइकल भन्ने मुख्य उद्देश्यले स्थापना भएको साइकल सिटी भैरहवाले बुद्धसँग सम्बन्धी क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटक भित्राउन एवं प्रचार प्रसार गर्न बुद्ध ज्ञान साइकल यात्रा २०८० को आयोजना गरिएको हो । 

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६