प्रदेश

कांग्रेसबाट पटक पटक धोखा भयोः पुन



बुटवल, १३ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेसले आफूहरुलाई पटक पटक धोखा दिएको आरोप लगाएका छन् । हालै सम्पन्न कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामलाई लक्षित गर्दै पुनले कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताए।

रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले विश्वास गुमाएको टिप्पणी गरे । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा माओवादी केन्द्र पुगेको उनले बताए ।

हरेक चुनावमा माओवादीले इमान्दारपूर्वक कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले माओवादीका उम्मेदवार हराइराख्ने क्रम कहिलेसम्म चल्ने हो भन्दै उनले गम्भीर समीक्षा गर्ने बेला आएको बताए ।

यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यो मात्र नभएको बताए । कोशीमा समझदारी विपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए ।

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६