प्रदेश

तानसेन-रानीमहल सडकखण्ड डेढ महिना बन्द हुने



पाल्पा, १३ माघ । तानसेन-रानीमहल सडकखण्ड साढे एक महिना बन्द हुने भएको छ। यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो। ४८ दिन पूर्णरूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए।

सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ। सडक चौबीसै घन्टा पूर्णरूपमा बन्द गरेर काम गरिने उनले बताए। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।

तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने वैकल्पिक सडक प्रयोग गर्न सापकोटाले आग्रह गरे।

यस्तै आर्यभन्ज्याङ रामपुर सडक दैनिक ५ घण्टा बन्द हुने भएको छ। बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ। हुमिन-ताहुँ देउराली सडखण्डमा सडक स्तरोन्नति तथा मर्मत गर्ने काम हुनेछ।

यही माघ १७ देखि फागुन १६ गतेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए।

ढुंगा माटो कटिङ गर्नका लागि सडक बन्द गर्न लागिएको हो। एम्बुलेन्स, शव वाहन, दमकलजस्ता अत्यावश्यक सवारीसाधन भने संचालन हुने उनले बताए।

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६