ब्रेकिंग न्युज

मजदुरी गर्न गएका बखत भिरबाट खसेर मृत्यु भएका परिवारलाई घर पलङ र बिस्तारा सहितको राहत



 कपिलवस्तु  १४ माघ । गुल्मीको रिडीमा   ज्याला मजदुरी काम गर्न गएका बखत अकस्मात  भिरबाट लोटेर मृत्यु भएका     बाणगङ्गा नगरपालिका वडा नं।७ मोतिपुरडाँडा बस्ने  बर्ष २६ का  भक्त बहादुर घर्ति मगरको बिचल्लीमा परेको  परिवारलाई स्थानीय सरकारले राहत पुराएको छ । वार्ड अध्यक्ष बिष्णु गिरिले उनको घरमा गै हेर्दा  अत्यन्तै दयनिय अवस्थाको पानी चुहिने घर रहेको, यस्तो जाडोमा एउटा सुत्ने पलङ्ग पनि नभएको, उनको २४ बर्षिय श्रीमति लक्ष्मी घर्ति मगर र आमा मेनुका घर्ति भूइँमा पराल बिछाई सुत्ने गरेको,ओढ्ने बिछ्याउने न्यानो कपडा पनि नभएको  देखे पछि  वार्डले राहत पुरएको बताउनु  भयो ।      वडा का  हामी जनप्रतिनिधीले यस्तो बिपतको बेला मानविय सहयोग गर्नु पर्छ भन्ने सोचेर  सासु बुहारीलाई १र१ वटा सुत्ने खाट, ओढ्ने शिरक, बिछाउने गद्दा, तन्ना, तकिया र १र१ वटा लगाउने हुट ज्याकेट, त्रिपाल लगायत खाद्यान्न समेत दिईएको उहाँ बताउनु भयो । केहि समय पछि नागरिक आवास कार्यक्रमा छनोट गरि २ कोठाको घर समेत वडा कार्यालयबाट बनाई दिने भनि निर्णय गरिएको उहाले जानकारीअनुसार  दिनु भयो ।

प्रकाशित : १४ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६