प्रदेश

कपिलबस्तुमा कोरोनाविरुद्धको खोप अभियान पुनः सुरु



तौलिहवा, १४ माघ । कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित देखा पर्न थालेपछि जिल्लाको कृष्णनगर नाकाबाट खोप लगाउने अभियान थालिएको हो ।

१८ बर्ष माथिकालाई खोप लगाइने बताइएको छ । कोरनाबिरुद्धको फाईजर कम्पनीको खोप लगाउन सुरु गरिएको छ । माघ २५ देखि फागनु ३ गतेसम्म बिशेष खोप अभियान चलाइने बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय खोप अधिकृत दिवाकर महर्जनका अनुसार पहिलो चरणमा रोजागरीका लागि भारत गएका नेपाली नाकाबाट फर्किंदा त्यस्ता ब्यक्तिलाई कृष्णनगर नाकामै खोप लगाउने प्रबन्ध मिलाइएको बताउनुभयो । कृष्णनगर नाकामा स्थापना भएको हेल्प डेस्कमै खोप लगाउनेगरी स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अभियानको शुभारम्भ गर्दै कोरोनाविरुद्ध आफै सचेत हुनुपर्ने बताउनुभयो । बिगतमा कोरानाले कपिलवस्तसहित देशमा धेरै जनाको ज्यान गएकाले बेलैमा होसियारी अपनाउनु पर्ने उहाँले बताउनुभयो । मास्क लगाइ आफुलाई सुरक्षित राख्नु पर्ने र खोप समेत लगाउनु पर्ने उहाँको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालका प्रमुख नारायणप्रसाद चौधरीका अनुसार पहिलो चरणका लागि जिल्लामा ३० हजार डोज खोप आएको छ । पहिले खोप लगाएकाहरुले बुस्टर र नयाँलाई समेत खोप लगाउने ब्यवस्था गरिएको उहाँले बताउनुभयो । कोरोनाबिरुद्ध खोप लगाइ सुरक्षित हुन उहाँले आग्रह समेत गर्नुभयो । यो खोप पूर्णतया सुरक्षित रहेको र १८ बर्ष माथिका सबैले लगाउनुपर्ने बताउनुभयो ।

पहिलो दिन १७ जनालाई खोप लगाइएको छ । पहिलो चरणमा भारतसँग सीमा जोडिएका कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, यशोधरा, मायादेबी र शुद्धोधन गाउँपालिकामा खोप लगाउने कार्यक्रम छ ।

प्रकाशित : १४ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६