अर्थ-वाणिज्य

जगदीशपुरमा पर्यटनको विस्तार गर्न फोटो कार्यशाला



जानु पाण्डे
कपिलवस्तु १४ माघ ।कपिलवस्तुको जगदीशपुर चरा आरक्षको प्रचार प्रसार गरी पर्यटनको विस्तार गर्न फोटो कार्यशालाको आयोजना गरिएको छ । माघ १६ गते देखी देशभरका उत्कृष्ट फोटो पत्रकारलाई सहभागी गराई तालको पर्यापर्यटनको फोटोबाट उजागर गर्ने गरी ३ दिने फोटो कार्यशालाको आयोजना गरिएको छ । फोटो कार्यशालाले ताल र कपिलवस्तु जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले बताउनु भयो ।
गच्छामी मिडिया समूहले आइतवार पत्रकार सम्मलेनको आयोजना गर्दै आरक्षको जैविक विविधता र सिमसार क्षेत्रको प्रचार गर्ने, ताल आसपासका बुद्धसँग जोडिएका पुरातात्विक स्थलको प्रवर्धन गर्ने, तालमा पाइने चरा, उभयचरको प्रचार गरी पर्यटनको विस्तार गर्ने उद्देश्य रहेको समूहका अध्यक्ष मनोज श्रीवात्सवले बताउनु भयो । फोटो कार्यशालाको अवसर चरा तथा प्रकृति र संस्कृति, सम्पदा तथा जीवनशैली गरी दुई विधामा फोटो प्रतियोगिताको समेत आयोजना गरिएको छ । २०७८ पुस मसान्त पछि आरक्ष आसपासमा खिचिएका फोटो मेल गरी प्रतियोगितामा भाग लिन सक्ने बताईएको छ । प्रत्येक विधामा उत्कृष्ट फोटोलाई पहिलो २५ हजार, दोस्रो १५ हजार र तेस्रो १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
फोटो कार्यशालामा वरिष्ठ वाइल्डलाइफ फोटोग्राफर चुङ्वा सेर्पा, पन्छी विज्ञ कृष्ण भुसाल, फोटो पत्रकार मनोज पौडेल, बृजेश जयसवालले सहजीकरण गर्ने बताइएको छ । कार्यशालाले यहाँ रहेको जैविक विविधताको फोटो बैंकको रुपमा विकास हुने फोटो पत्रकार मनोज पौडेलले बताउनु भयो । देशभरबाट १० जना र स्थानीय १० जना गरी २० जना फोटो पत्रकार, फोटोग्राफर, वाइल्डलाइफ फोटोग्राफर र तस्बिर खिच्न रुचि राख्नेले इमेल मार्फत सहभागिता जनाउन सक्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

प्रकाशित : १४ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६