खोज–अनुसन्धान

किसानलाई थ्री.जी. कटिङ प्रबिधि तालिम




देउखुरी,१४ माघ ।दाङको राप्ती गाउँपालिकाका कृषकहरुलाई लहरेबाली खेती तथा थी.जी. कटिङ प्रबिधि सम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ। राप्ती गाउँपालिका दाङको सहयोग तथा राप्ती गाउँपालिका स्तरीय कृषक समन्वय समितिको आयोजनामा आईतवार मसुरीयामा सो तालिम प्रदान गरिएको हो। कृषक समन्वय समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो। सो अवसरमा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले किसानहरुले मौसमी खेती गर्दा उत्पादन गरेको बस्तुले उचित मूल्य र बजार नपाउने बताउदै कृषकहरुलाई बेमौसमी खेती तर्फ अग्रसर हुन आग्रह गर्नुभयो । गाउँपालिकाका विभिन्न वडाका कृषक समूहका सदस्यहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकहरुमा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख जिवराज पौडेल,कृषि विकास शाखा प्रमुख बरसाती गडरिया र कृषि अधिकृत प्रदिप खत्री रहनु भएको थियो ।

प्रकाशित : १४ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६