प्रदेश

लुम्विनीले खेलकुद विकासलाई प्राथमिकता दिएको छः मन्त्री चौधरी



बाँके, १५ माघ । लुम्विनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका –४ विकासनगरमा सोमबारदेखि सुरु भएको माघी मिलन तथा प्रदेशसभा सदस्य गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अहिले खेलकुद पर्यटनको राम्रो सम्भावना छ, युवाको पनि यसमा ध्यान जान जरुरी छ ।’ मन्त्री चौधरीले खेलाडि उत्पादनसँगै टिकाउन जरुरी रहेको बताउनुभयो । सरकारले भौतिक र मानवीय बिकासलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

कार्यक्रममा बाँके क्षेत्र ३ (१) बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले युवाहरुलाई रचनात्मक क्रियाकलापमा संलग्न गराउने उद्देश्यले स्थानीय युवाहरुको प्रस्तावमा प्रतियोगिता सुरु गरिएको बताउनुभयो । प्रदेशसभा सदस्य खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा विभिन्न १९ क्लवको सहभागिता रहेको छ । फुटबल प्रतियोगितासँगै माघी मिलन कार्यक्रम समेत आयोजना गरिएको छ ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६