प्रदेश

स्वास्थ्य सेवामा योगदान दिएका रिटायर्ड नर्सहरुलाई रुपन्देहीमा सम्मान



बुटवल, १५ माघ । स्वास्थ्य सेवामा योगदान दिएका रिटायर्ड नर्सहरुलाई रुपन्देहीमा सम्मान गरिएको छ । ६२ औ नेपाल नर्सिङ दिवसको अवसरमा रोटरी क्लब अफ बुटवल डाउनटाउन र ओम महिला तथा बाल अस्पताल प्रालिले सोमबार ३२ जना रिटायर्ड नर्सहरुलाई खादा, सम्मानपत्र र टिकाबाट सम्मान कार्यक्रम गरेको हो ।

सरकारी अस्पतालमा रहेर न्युनतम ३० वर्ष सेवा गरेका नर्सहरुलाई दिवसमा सम्मान गरिएको रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमालले बताईन । आफै पनि ४० वर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ सेवा गरेकी उनले आफनो कार्यकालमा नया कार्य थालनी गरेकी हुन । नर्सको सेवा निक्कै सम्बेदनशिल पेशा भएको उनले बताईन । स्वस्थ्य क्षेत्रमा सबैभन्दा धेरै योगदान दिदै आएका नर्सहरु नै श्रमश्रोषणमा रहेको उनले दुखेसो गरिन । देशभरमा नै अस्पताल खोल्ने क्रम जारी रहे पनि नया दक्ष जनशक्ति उत्पादन बन्द हुदा निकट भविष्यमा अभाव खड्किने अवस्था रहेको उनले बताईन । ‘युवा दक्ष जनशक्ति बिदेश पलायन र नया उत्पादन बन्द भएका छन ।’—उनले भनिन । रिटायर्ड नर्सहरुलाई एकतावद्घ गरि आगामी दिनमा सामाजिक कार्यमा लगाउने गरि अभियान चलाउने उनले प्रतिवद्धता जनाईन ।

सम्मान ग्रहण गर्दै रिटायर्ड नर्स मोहनतारा पछाईले जीवनभर गरेको सेवालाई संस्थाबाट दिएको सम्मानलाई धन्यबाद दिईन । सामाजिक कार्यमा रहेर अहिले पनि मानिसलाई थेरापि मेशिन विधिबाट उपचार दिदै आएको बताईन । यो विधिबाट उपचार गर्दा मानिसमा भविष्यमा देखिने स्वस्थ्य जटिलतालाई थाहा पाउन सकिने उनले बताईन ।

कार्यक्रममा जोन २५ का एजी सुनिल श्रेष्ठ, क्लबका पुर्वअध्यक्ष जीवन अधिकारी, पुर्व अध्यक्ष राजेन्द्र ढकाल, सचिव प्रकाशराज पौडेल, अस्पतालका अध्यक्ष शारदा तिवारीले रिटायर्ड नर्सहरुबाट समाजलाई दिएको योगदान अमुल्य रहेको बताए ।

कार्यक्रममा ओम महिला तथा बाल अस्पताल प्रालिका मेडिकल सुपरिटेन्डेन्ट डा शर्मिला शर्माले स्वास्थ्य र महिलाहरुलाई प्राथमिकतामा राखेर अस्पताल खोलिएको बताईन । महिला सशसक्तिकरणलाई टेवा दिने गरि अधिकाश महिला शेयरधनी र ब्यवस्थापनमा अस्पताल संचालन भएको भन्दै उनले स्वास्थ्य क्षेत्रकै नर्सहरुलाई सम्मान विशेष भएको बताईन । अस्पतालमा २५ जना शेयर सदस्यहरुको करीब १० करोड रुपैया लगानीमा प्रसुति सेवा, खोप, एनआईसियु, ओपिडि, २४ घण्टा ईमेरजेन्सी, अपरेसन, औषधी, प्रयोगशाला सेवा उपलब्ध हुने उनले बताईन ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६