अर्थ-वाणिज्य

शिवराजमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : ८ सयविद्यार्थी सहभागी



माधव बेल्वासे
चन्द्रौटा,१५ माघ ।शिवराज नगरपालिकामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा रहेको खेल शिवराजनगरपालिका ५ चन्द्रौटाको खेलमैदानमा सुरु भएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले प्रतियोगितात्मक मार्च पास गरी खेल शुभारम्भ गरिएको छ ।खेल एउटा शिक्षा रहेकोले नगरले खेललाई प्राथमिकतादिँदै आएको नगरप्रमुख अजय थापाले बताउनुभयो । कुलतबाट बचाउनुको साथै स्वास्थ्यको लागिपनि खेलले फाइदापुग्ने थापाको भनाइ रहेको छ । नगरमा माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता रहेकोले अनुशासित भएर खेलमा सहभागी हुन मेयर थापाले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थापक मेयर नेत्रराज अधिकारीले नगरपालिकाले खेललाई प्राथमिकता दिँदै यहाँका खेलाडी जिल्लाहुँदै केन्द्र सम्म पुराउनुपर्ने बताउनुभयो । खेलमा विभिन्न विवादआउने भएकोले आयोजकजिम्मेवार भएर प्रतियोगितागर्न सुझावदिनुभयो । नगरले खेलाडीलाई प्रोत्साहनगर्नको लागि विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो
खेललाई विवादरहित बनाइन प्रयासरत रहेको खेलकुदविकास समितिकाअध्यक्ष सन्तोष चौधरीको भनाई रहेको छ ।विगतका वर्षमा खेल महोत्सवभनेर राष्ट्रपति रनिङ शिल्ड,मेयर,उपमेयर कप एकै पटक हुने गरे पनि यस वर्ष भने छुट्टा छुटै आयोजना गरिएको चौधरीले बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितातर्फ नगरभित्रका १४ विद्यालयका खेलाडीहरू बिच १६ इभेन्टमा प्रतियोगिताहुने शिक्षाशाखा प्रमुख दिनेश चौधरीले बताउनुभयो । खेलमानगरका ८ सय २० खेलाडी सहभागीहुने बताइएको छ ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६