अर्थ-वाणिज्य

कपिलवस्तु उद्योग वाणिज्य संघमा चुनावी सरगर्मीः जीत हासिल गर्ने न्यौपानेको तयार भयो रणनिति



लक्ष्मण सापकोटा

कपिलवस्तु १५ माघ ।कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि चुनावि सरगर्मी बढीरहेको बेला विभिन्न प्यानल थप उम्मेद्वारको नाम सार्वजनिक हुने क्रम चलिरहेको छ । हालसम्म एमाले समर्थित मोहन न्यौपानेको प्यानलमा काष्ट व्यवसायि रनेन्द्र सेन तथा शैक्षिक व्यक्तित्व बुद्धिराम पौडेलको नाम क्रमशः वस्तुगत र एसोसियट उपाध्यक्ष पदको उम्मेद्वारको रुपमा सार्वजनिक भएको छ ।काँग्रेसका गणेश बहादुर क्षेत्रीको प्यानलबाट बरिष्ट उपाध्यक्ष पदमा हुमनाथ पौडेल, एसोसियट उपाध्यक्षमा राम जि सेन, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे र महासचिव पदमा नवदत्त घिमिरेको नाम सार्वजनिक भएको छ । काँग्रेसका क्षेत्रीको प्यानलबाट बरिष्ट उपाध्यक्ष पदका उम्मेद्वार रहनुभएका हुमनाथ पौडेल माओवादी समर्थित हुनुहुन्छ ।

यता रास्वपाका लक्ष्मण कँडेलको नेतृत्वमा महिला उपाध्यक्षमा सरस्वति सुवेदी जिसी, उद्योग उपाध्यक्षमा देबीलाल कँडेल, वस्तुगत उपाध्यक्षमा ज्ञान बहादुर थापा, महासचिवमा बुद्धिसागर बेल्बासे र कोषाध्यक्ष्ममा सरोज रेग्मि को नाम सार्वजनिक भएको छ भने केहि दिन अघि पत्रकार सम्मेलन नै गरी अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएका रमेशचन्द्र भुसालले भने विभिन्न माध्यमबाट आँफुलाई साथ दिने थप उम्मेद्वारको खोजिमा हुनुहुन्छ ।
यसरी विभिन्न प्यानल मार्फत उम्मेद्वारहरुको नाम सार्वजनिक हुने क्रम चलिरहँदा न्यौपानेले भने हालसम्म आँफु बाहेक थप २ जना उम्मेद्वारको नाम मात्र सार्वजनिक गर्नुलाई महत्वपुर्ण रुपमा लिन सकिन्छ । आर्थिक पारदर्शितामा अब्बल, कुरा कम काम बढी गर्ने युवा मोहन न्यौपानेले स्थापनाकाल देखि हालसम्म संस्थाको गरिमा एवं उचाईका निम्ति आफ्नो महत्वपुर्ण योगदान रहेकाले एमाले काँग्रेस, माओवादी रास्वपा निकटका सबै व्यवसायीले आफूलाई विश्वास गर्ने र संघको नेतृत्व पाएपछि सबैलाई मिलाएर लैजाने आफू संग क्षमता रहेको दावी गर्नुभएको छ ।

हाल सबै वडाहरुमा पुगेर हरेक मतदाताको मत बिस्लेषण एवं उद्योगी व्यवसायीका गुनासो सुन्नमा व्यस्त न्यौपानेले चुनाव भएमा फराकिलो अन्तरले जित्ने आधार सहित न्योपानेले नेतृत्व दाबी गर्नुभएको हो । हचुवाको भरमा उम्मेद्वारको नाम सार्वजनिक गर्नै अनि सेलाउने गर्नुभन्दा उद्योगी व्यवसायीको विश्वास जित्ने बलियो एवं रणनैतिक आधार तयार पारि छिट्टै पत्रकार सम्मेलन मार्फत सम्मुर्ण उम्मेद्वारहरुको नाम सार्वजनिक गर्नै उहाँले बताउनु भयो । मंगलवार एक कार्यक्रमका बीच न्यौपानेले सिंगो प्यानलका उम्मेदववार घोषणा गर्ने तयारी भएको श्रोतको भनाइ ।कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन माघ २३ गते संघको कार्यालय बुद्ध रंगशाला जितपुरमा हुँदैछ ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६