सुनवल १५ माघ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट तलब सुविधा लिने जनप्रतिनिधि, कर्मचारी, शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालय पढाउनुपर्ने भएको छ ।चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार नगरका जनप्रतिनिधि, शिक्षक र कर्मचारीहरूले आफ्ना सन्तानलाई आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको हो ।नगरपालिकाभित्र ३५ वटा सामुदायिक विद्यालय छन् भने नगरपालिकाको कोषबाट तलब भत्ता तथा सेवासुविधा लिने ३ सय ६७ जना जना छन्
१५ माघ २०८०, सोमबार
प्रतिक्रिया