प्रदेश

ज्येष्ठ नागरिकलाई न्यानो कम्बल



चन्द्रौटा, १६ माघ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा ४ ले वडा भित्रका १५० जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कम्बल वितरण गरेको छ । मङ्गलवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा भित्रका ७५ वर्ष माथिका नागरिकहरूलाई न्यानो कम्बल प्रदान गरेका हो । जाडोको समयमा न्यानो कम्बल पाएपछि ज्येष्ठ नागरिकहरू खुसी भएका छन् ।

चिसो मौसम बढेसँगै वृद्धवृद्धाहरुलाई समस्या भएकोले कम्बल वितरण गरेको वडा अध्यक्ष नसिम अहमद खाँले बताउनुभयो । चिसो कारण ज्येष्ठ नागरिकहरूको स्वास्थ्य समस्या हुने भएकोले वडाले वार्षिक कार्यक्रम अन्तर्गत वृद्ध वृद्धालाई सम्मान स्वरूप न्यानो कम्बल प्रदान गरेको बताउनुभयो । वडा अध्यक्ष खाँले जाडोको समयमा तातो र झोलिलो खानेकुरा खानु आग्रह गर्नुभयो । नागरिकहरूलाई पायक पर्ने तीन स्थानबाट वितरण गरिने भएको छ । वडाले कम्बल वितरणको लागि रु १ लाख ५० हजार विनियोजित गरेको थियो ।

प्रकाशित : १६ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६