अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश सरकारको  कारण अर्घाखाँचीका १ सय ३१ खानेपानी योजना अलपत्र



अर्घाखाँची १६ माघ । अर्घाखाँचीमा चालु आर्थिक वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ वटा खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको काम विगतका वर्षहरुमा नै उपभोक्ता समितिले सम्पन्न गरिसकेका छन् । तर रकम भने पाउन सकेका छैनन् । क्रमागत ५८ वटा योजनामा विगतका वर्षहरुमा नै १० करोड ५१ लाखको काम सम्पन्न भए पनि रकम अभावले विगतका वर्षको पनि रकम भुक्तानी गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर रामभरोस यादवले बताउनुभयो ।
चालु वर्षमा विभिन्न एक सय ३१ योजनामा ११ करोड ६५ लाख रुपैयाँ रकम बजेट आएको छ । यसअघि नै काम गरेका ५८ योजनाको रकम भुक्तानी गर्नका लागि १० करोड ५१ लाख रुपैयाँ बाँकी छ । योजनाहरु अलपत्र परेका छन् । जिल्लामा भएका सबै योजनाहरु सम्पन्न गर्न ३ अर्बभन्दा धेरै लाग्ने अनुमान छ । तर खानेपानी योजनामा विगतमा भएका कामको पनि रकम भुक्तानी गर्न नसकिएपछि समस्या आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीले जनाएको छ
सम्पन्न भएका योजनाको भुक्तानीका लागि आवश्यक बजेट विनियोजन गर्न र रकम निकासा गर्न पटकपटक लुम्बिनी प्रदेश सरकारको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयलाई पत्राचार तथा मन्त्रालयमै गएर ध्यानाकर्षण गराउँदा पनि रकम निकासा हुन नसकेको खानेपानी कार्यालय अर्घाखाँचीका प्रमुख यादवको भनाइ छ । काम गरेको रकम पनि पाउन नसकेको अवस्था छ । केही संरचना त जीर्ण बनेका शीतगङ्गा–१० सिद्धाराका हिम्मत पोख्रेलले बताउनुभयो ।

प्रकाशित : १६ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६