प्रदेश

रानीमहल जाने सडक आजदेखि ४८ दिन बन्द



पाल्पा, १७ माघ ।

पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहल जाने सडक मर्मतका लागि बुधबारदेखि ४८ दिन बन्द हुने भएको छ । बैकुन्ठे भीर नजिकैको सडक ढलान गर्न माघ १७ गते बुधबारदेखि आगामी चैत ५ गतेसम्म बन्द गर्न लागिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

रानीमहल जाने सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द हुने भएकाले सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको कार्यालय प्रमुख बासुदेव भण्डारीले बताए । ‘पहिलो चरणमा बैकुन्ठे भीर नजिकैको सडक ढलान कार्य गर्न लागिएको छ,’ उनले भने, ‘त्यसका लागि काम गर्न २० र ढलान पछिको २८ दिनको समय बन्द गर्ने निर्णय भएको हो ।’

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सरोकारवालाको बैठकले सडक बन्द गरेर ढलान गर्ने निर्णय गरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायी, सरोकारवाला कार्यालय, निर्माण व्यवसायीसमेतको उपस्थितिमा सडक बन्द गरेर काम गर्न दिने निर्णय भएको हो ।

तानसेनदेखि १५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक लामो समय बन्द हुँदा तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपर्छ । कच्ची सडक बौघागुम्हा भएर जाने वैकल्पिक मार्ग भए पनि यहाँको सडक कच्ची र अप्ठ्यारो भीर रहेको छ ।

आर्यभन्ज्याङ–रामपुर सडक पनि बन्द

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गदेखि पाल्पाको पूर्वभेग जोड्ने मुख्य मार्ग आर्यभन्ज्याङ–रामपुर सडक पनि दैनिक ५ घण्टा बन्द गर्ने जनाएको छ । हुमिन–ताहुँ देउराली सडक खण्डमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गर्न माग गरेपछि राजमार्ग सडक सुरक्षा समितिको बैठकले बन्द गरेर काम गर्न दिने निर्णय गरेको हो ।

बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ । हुमिन–ताहुँ देउराली सडकखण्डमा सडक स्तरोन्नति तथा मर्मत गर्ने काम भइरहेकाले माघ १७ देखि बुधबारदेखि फागुन १६ गतेसम्म सडक बन्द रहने कार्यालयले जनाएको छ । यहाँ सडक चौडा गर्ने र ढुंगामाटो कटिङ गर्नका लागि बन्द गर्न लागिएको हो । एम्बुलेन्स, शव वाहन, सुरक्षा, दमकलजस्ता अत्यावश्यक सवारीसाधनलाई समय मिलाएर छाड्ने कार्यालयले जनाएको छ ।

प्रकाशित : १७ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६