प्रदेश

पाल्पामा रेडियो नेपालको रिले प्रसारण



तानसेन, १७ माघ । रेडियो नेपालले पाल्पाबाट एफएम रिले प्रसारण सुरु गरेको छ । पाल्पाको बगनासकाली–९, स्थित बगनास डाँडाबाट एफएम रिले स्टेसन स्थापना गरी रेडियो नेपालले प्रसारण सुरु गरेको हो ।

रेडियो नेपालले बगनासबाट पाँच सय वाट क्षमताको एफएम ट्रान्समिटर जडान गरी प्रसारण सुरु गरेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवले बताउनुभयो । नेपाल टेलिभिजनसँगको सहकार्यमा टावर, भवनसहित अन्य भौतिक संरचना प्रयोग गरी एफएम रिले प्रसारण गरेको जनाएको छ ।

देशका सबै भू–भागमा प्रसारण पहुँच पुर्‍याउने लक्ष्य राखेको रेडियो नेपालले पाल्पाबाट ३२ औं रिले स्टेसनका रुपमा प्रसारण थालेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो । एफएम व्यान्डको १०३ मेगाहर्जमा सुरु गरिएको यो रिले प्रसारणबाट पाल्पा र स्याङ्जा जिल्लाका साथै गुल्मी, अर्घाखाँची, बाग्लुङ, पर्वत, नवलपरासी र रुपन्देहीका केही क्षेत्रमा रेडियो नेपाल स्पष्ट सुन्न सकिने छ ।

पाल्पाबाट रेडियो नेपाल सुन्न पाएपछि पाल्पाका स्रोता खुसी भएका छन् । विगत लामो समयसम्म रेडियो नेपालको कार्यक्रम सुन्न नपाएका पाल्पाका स्रोता रेडियो नेपालका कार्यक्रमहरू एफएम रेडियोमै सुन्न सकिने भएपछि खुसी भएका हुन् ।

प्रकाशित : १७ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६