देश

तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैनः मन्त्री गुरुङ



बुटवल, १७ माघ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले मन्त्रिपरिषदमा परिवर्तन गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा नीहित रहेको बताउनुहुँदै मन्त्रिपरिषद् हेरफेरका विषयमा कुरा उठेपनि अहिले त्यो सम्भावना टरेको बताउनु भयो ।


‘‘यो गठबन्धन सरकार हो, गठबन्धनमा रहेका सबै दलसँग सहमति भएमा मात्र मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ,’’ मन्त्री गुरुङले भन्नुभयो, ‘‘गठबन्धन दलहरुमा तत्काल अहिलेकै मन्त्रिपरिषदलाई अघि लिएर जाने सहमति भयो ।’’

मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक अब हुने संसद अधिवेशनमा प्रस्तुत हुने जानकारी दिनुहुँदै त्यसका लागि शीर्ष राजनैतिक दलका नेताहरुबिच सहमतिको प्रयास भइरहेको बताउनु भयो ।

उहाँले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक भरसक सहमतिमा पेस गर्ने र सहमति नभए पनि प्रकयामा गएर प्रस्तुत गर्ने जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका उपसभापति समेत रहनु भएका मन्त्री गुरुङले कांग्रेसको महासमिति बैठक फागुन ७ का लागि तोकिएको र अब नसर्ने स्पष्ट गर्नुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा पत्रकार सम्मेलन कार्यक्रम भएको थियो ।

प्रकाशित : १७ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६