प्रदेश

जग्गाधनी प्रमाणपुर्जा वितरण



सिद्धार्थनगर, १७ माघ । रुपन्देहीको सियारी गाउँपालिका–१ र ७ मा अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० प्राप्त गरेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुपन्देहीको आयोजना एवं सियारी गाउँपालिकाको समन्वय तथा सहजीकरणमा १७ जनालाई लालपुर्जा वितरण गरिएको हो ।

रुपन्देहीमा ३५ हजार लालपुर्जा तयार रहेको भूमि आयोग रुपन्देही जिल्ला अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बताउनुभयो । “रुपन्देहीमा अव्यवस्थित र सुकुमवासी गरी एक लाखको हाराहारीमा छन्, अब शुद्धोधन र कञ्चन गाउँपालिकामा पनि लालपुर्जा वितरणको तयारीमा छौँ,” उहाँले भन्नुभयो । उहाँले सरकारले दिने लालपुर्जा जनतालाई निःशुल्क दिने वातावरण बनाउन र राजस्व शुल्क घटाउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै पटक पटक छलफल गरेको बताउनुभयो । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सियारीमा जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सफल भएको बताउनुभयो । “सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेका थियौँ,” उहाँले भन्नुभयो, “त्यो काम सफल भयो ।” भूमि आयोगसँग समन्वय गरेर सियारी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म आयोगले तोकेको सीमाभित्र रहेर जग्गा नाप्ने काम भएको उहाँको भनाइ छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनै पनि राजनीतिक गन्ध नआउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै पनि अनियमितता, गुनासा र उजुरी नआउने गरी काम गर्नुहोला ।” लालपुर्जा पाएकोभन्दा पनि नपाएको व्यक्तिले मैले यस कारणले पाइनँ भनेर बताउन सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित : १७ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६