प्रदेश

तम्घासमा खाद्यको शाखा कार्यालय सञ्चालनमा



तम्घास, १७ माघ । सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय सञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शाखा कार्यालयको शुभारम्भ गर्दै नागरिकले सहज र सुपथ मूल्यमा खाद्य सामग्री पाउने सुनिश्चित भएको दाबी गर्नुभयो ।

यसका साथै उहाँले उपभोक्ताले भरपुर फाइदा लिन लागि अनुरोध समेत गर्नुभयो । गुल्मीका चार स्थानीय तहमा खाद्यको डिपो सञ्चालन गरिएको छ । सदरमुकाम तम्घासको चारीखोलामा रहेको हाटबजार, मदाने गाउँपालिका २ को बाँझकटेरी, मालिका गाउँपालिका ४ को अर्खाबाङ र रुरुक्षेत्र गाउँपालिका ४ को बलेटक्सारमा खाद्य डिपो स्थापना भएर सञ्चालनमा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखा प्रमुख पुष्पा पाण्डेयले जानकारी दिनुभयो ।

खाद्य सुरक्षाको सुनिश्चितता योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुने नदिने उद्देश्यले खाद्य डिपो स्थापना गरिएको हो ।

प्रत्येक डिपोमा एक स्थायी र एक जना दैनिक ज्यालादारी कर्मचारी परिचालन भएको उहाँले जानकारी दिनुभयो । अहिले खाद्य डिपोबाट चामल बिक्री भइरहेको छ । डिपोबाट चामलसहित दाल, नुन, तेल, चिनी लगायतका सबै खाद्य सामग्री सुपथ मूल्यमा बिक्री गरिने पाण्डेयले बताउनुभयो । सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले ५ देखि ७ प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्ने छन् । यसका साथै अन्य स्थानीय तहहरूबाट डिपो सञ्चालनका लागि माग आएमा कम्पनीसँग समन्वय गर्ने पाण्डेले बताउनुभयो ।

मूल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पुर्‍याउने कम्पनीको उद्देश्य रहेकाले खरिदबिक्रीको काम डिपोबाट हुनेछ । बिस्तारै गाउँको रैथाने बाली खरिद गरेर बिक्री तथा प्रवर्द्धन पनि गर्ने आफूहरूको योजना रहेको उहाँले सुनाउनुभयो । नजिकको डिपोबाट एक जनाले एक क्विन्टलसम्म खाद्यान्न खरिद गर्न पाउने व्यवस्था छ ।

गाउँको रैथाने बालीको खरिद तथा प्रवर्द्धन गर्ने गरी आफूहरूले योजना बनाएको र यहाँको उत्पादन निर्यात गर्ने गरी आफूहरू लागेको मालिका गाउँपालिका अध्यक्ष देबिराम अर्यालले बताउनुभयो । मालिकाले गत वर्षदेखि आलुको ब्रान्डिङ र बजारीकरण सुरु गरेको छ ।

प्रकाशित : १७ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६