अर्घाखाँची, १७ माघ ।
लाउँ लाउँ ,खाउँ खाउँ भन्ने कलिलो उमेरमा चटक्क छोडेर जान मन पो कसलाई छ र । तर मुटु रोगको उपचारको अभावमा अर्घाखाँची शितगंगा ६ शिवाहदह माबिमा कक्षा १० मा अध्यनरत १६ बर्षिय बिधार्थी ममता रेश्मी मगरको अल्प आयुमै ज्यान गएको छ । दैनिक २ देखि ३ घण्टाको समय पैतल हिडेर बिधालय सम्म आउने प्युठान ऐरावती गाउपालिका १ छेडाघाँटकी १६ बर्षिय ममता रेश्मी मगर अत्यन्तै अध्यनमा लगनशिल ,अनुसासित बिधार्थीको माग १६ गते अकल्पनीय निधनले स्तब्ध तथा मर्माहत भएको भन्दै उनको संझनामा आज माग १७ गते बुधबार बिधालयमा एक दिने शोक बिदा गरिएको प्रध्यानाध्यापक गिरी बहादुर थापाले बताउनु भयो ।
लामो समय देखि मुटुरोगका कारण ग्रसित बिधार्थी रेश्मीमागर बिधालयमा कम आएपनि पढाईमा भने त्यति कमजोर नभएको बिधालयले जनाएको छ । पढाईमा अब्बल बिधार्थीको निधनले बिधालय शोकमा परेको छ ।
तर बिडम्वना नाजुक आर्थिक अभावका कारण मुटुरोगको उपचारको अभावमा यसरी बालिकाले ज्यान गुमाउनु पर्यो । तर सरकारमा रहेका वाहालवाला नेता वा एक पटक सरकारमा पुगेर बाहिर रहेका पहुँचवाला नेताहरू भने सानो रोगको उपचारको लागि पनि सरकारको ढुकुटी खर्च गर्ने गरि बिदेस उपचार गर्न जाने गर्दछन् । तर जनतालाई जटिल किसिमको रोग लागेपनि सरकारले उपचारमा निशुल्क गर्दैन । आखिर के का लागि सरकार ? के का लागि मत दिएर नेतालाई जिताउने ? भौतिक संरचनाको बिकास मात्र होईन सत्ता संचालन गर्ने नेताहरू तथा नीति बनाउने निर्माताहरूले जनताको स्वास्थ्य प्रति पनि संवेदनशित भएर सोच्न आवश्यक छ । मुटुरोग, मृगौलाफेल, क्यासर,आदि जटिल किसीमका रोगको उपचारमा गरिव ,असाय ,असक्त आफ्ना जनतालाई निशुल्क गर्न जरूरी छ । यो बिषयमा नीति निर्माताको ध्यान जानु पर्छ ।
प्रतिक्रिया