प्रदेश

गाउँ – गाउँमा सिंहदरवारको परिकल्पनालाई सार्थकता दिन बाणगङ्गामा एकीकृत घुम्ती शिविर सञ्चालन 




हरि घिमिरे, १७ माघ । 
गाउँ – गाउँमा सिंहदरवारको परिकल्पनालाई सार्थकता दिन बाणगङ्गा नगरपालिकाले वडामै गएर एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नगरपालिकाले बुधवार वडा न. १० मेचकुरीबाट उक्त सेवा सञ्चालन गरेको छ । नगरपालिकाका प्राय सबै शाखाहरुले सेवा प्रदान गरेका छन् । 


शिविरमा नगर प्रमुख चक्रपाणि अर्यालले अनुगमन गर्दै नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउन एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको बताए । उनले बाणगङ्गाबाट उपलव्ध सेवा दूर दराजमा रहेका नागरिकलाई लक्षित गरेर मेचकुरीबाट सेवा सञ्चालन गरेको बताए । उनले नागरिकको सहभागिताले गर्दा माग अनुसार यस्ता शिविर सञ्चालन गरिने बताए ।  

यस्तै उप – प्रमुख रिता कुमारी चौधरीले स्वास्थ्य जाँच गर्न पहुँच नपुगेका कृषि परामर्शलाई नगरसम्म पुग्न नसकेका र नगरपालिकाबाट के कसरी काम हुन्छ भन्ने जानकारी नभएका जनताको हितमा शिविर सञ्चालन गरेको बताइन । उनले शिविरमा १० न. वडाका जनता प्रत्यक्ष रुपमा सहज सेवा लिएको बताइन । नागरिकले तिन तिन महिनामा यस्ता शिविर वडामा ल्याउन माग गरेको बताउँदै भए सम्भव त्यसलाई पनि सम्बोधन गरिने बताइन । 


शिविरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाको सेवा प्रवाहलाई चुस्त गर्नका लागि शिविर सञ्चालन गरिएको बताए । उनले भने “२१ शताब्दीमा सेवा प्रदान गर्ने कार्यालयहरू सेवा प्रवाह गर्दा नागरिकको घरदैलोमै पुगेर गर्नुपर्छ भन्ने उद्देश्य हो ।” उनले नगरको सचेतना कम भएका ठाँउमा र जनताको घरदैलोमा सेवा प्रवाह प्रभावकारी हुने बताए । उनले अन्य वडामा पनि शिविर सञ्चालन हुने जानकारी दिए । 


उता वडा न. १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलले नगरको सेवा आफ्नै वडामा पुगेपछि वडा बासिलाई सजिलो भएको बताए । उनले वडा अलिकति विकट भएकाले नगरको सेवाले नागरिकमा थप आशा जगाएको  बताए । उनले भने “कृषिको बिउ परिक्षण गर्न, माटो परिक्षण गर्न, समान्य स्वास्थ्य गराउन, परामर्श लिनकै लागि कोही नागरिक नगरमा पुग्ने थिएनन्, वडामै सेवा आएपछि नागरिक पनि खुशी छन् ।” 


यस्तै सेवालीन आएका सत्यनारायण थारूले नगरपालिकाले राखेको शिविरले वडावासीलाई सजिलो भएको बताए । नगरमा जानुपर्ने काम शिविरबाट भयो खुसी लाग्यो उनले भने । उनले महिना महिनामा यस्तो शिविर आए अझै राम्रो हुने बताए । 


शिविरमा ९ सय ८५ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ । जसमा स्वास्थ्य शाखा अन्तर्गत प्राथमिक उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो  । उक्त शाखामा २ सय ३० जनाले सेवा लिएका छन् ।  आयुर्वेद तर्फ २ सय ६५ जनाले सेवा लिएको जनाइएको छ । 


यस्तै कृषि विकास शाखा अन्तर्गत बाली उपचार तथा विषादी सचेतना, कृषि समुह दर्ता तथा नवीकरण, कृषि फर्म सूचिकृत, प्राविधिक परामर्श सेवा प्रदान गरिएको थियो । उक्त शाखामा  १ सय ७० जनाले सेवा लिएको शाखाले जनाएको छ । 


यस्तै  पशु विकास शाखा अन्तर्गत, गोबर परिक्षण, माटे जुका / मिनरल भिटामिन औषधी वितरण, पशु पंक्षि उपचार फर्म दर्ता तथा नवीकरण तथा प्राविधिक परामर्श सेवा प्रदान गरिएकोमा १ सय ९४ जनाले सेवा लिएका छन् ।


सुरक्षित आप्रवासन शाखा अन्तर्गत मनोसामाजिक परामर्श सेवा तथा वित्तिय साक्षरता सम्बन्धी सेवा र वैदेशिक रोजगारीका सूचनाहरूको जानकारी गराइएको थियो । जसमा ६० जनाले सेवा लिएका छन् ।  महिला विकास शाखा अन्तर्गत ज्येष्ठ नागरिक परिचय पत्र प्रदान गर्नुका साथै अपाङ्ग परिचय पत्र प्रदान गरिएको थियो जसमा २१ जनाले सेवा लिएको शाखा प्रमुख शुसिला पन्तले जानकारी दिइन । 


वन वातावरण विपद् तथा फोहोरमैला व्यवस्थापन शाखा अन्तर्गत परामर्श सेवा, निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण सम्बन्धी आवेदन संकलन गरिएको हो । जसमा ११ जनाले सेवा लिएको जनाईएको छ ।  प्रधानमन्त्री रोजगार शाखा अन्तर्गत परामर्श सेवा, श्रम स्वीकृति सम्बन्धी सेवा, शैक्षिक बेरोजगारीहरूको विवरण संकलन गरिएको हो । जसमा ११ जनाले सेवा लिएका छन् ।

यस्तै भवन तथा सहरी सम्बन्धी १० जनाले सेवा लिएका छन् भने योजना शाखा अन्तर्गत योजना सम्झौता, योजना अनुगमन तथा फरफारक सम्बन्धी ६ जनाले सेवा लिएका छन् । घरेलु तथा साना उद्योग सम्बन्धी ०५ जनाले सेवा लिएका छन् । शिक्षा शाखा अन्तर्गत शैक्षिक परामर्श सेवा प्रदान गरिएको हो । जसमा २ जनाले सेवा लिएका छन् । 


भूमि शाखा अन्तर्गत परामर्श सेवा कित्ताकाट सम्बन्धी सिफारिस । राजश्व शाखा अन्तर्गतव्यवसाय दर्ता तथा / नवीकरण र कर असुली  सम्बन्धी सेवा प्रदान गरिएको नगरपालिकाका सूचना अधिकारी केशव भट्टराईले जानकारी दिए । 

प्रकाशित : १७ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६