पार्वती पाण्डे
कपिलवस्तु १८ माघ । बाणगङ्गा नगरपालिकाको नगरक्र सबैभन्दा विकट मानिएको गाउ पटनाका् मेचकुरीमा पुगेर एकीकृत घुम्ती सेवा प्रवाह गरेकोछ । बाणगांगको वडा नं १० मेचकुरीडाँडामा भएको शिविरमा व्यापक जनसहभागितामात्रै जुटेन । सेवा प्रवाह पनि निकै ब्यवस्थित प्रभावकारी रुपमा भएको मेयर चक्रपाणी अर्यालले वताउनु भयो ।
शिविरवाट जेष्ठनागरिक परिचयपत्रवितरण ,स्वास्थ्य परीक्षण र आधारभुत औषधी वितरण , वालिविरुवा ,किटनासक औषधी वितरण ,आयुर्वेद स्वास्थ्य परिक्षण र औषधि वितरण ,र पशु स्वास्थ्य सिविरको सेवा प्रवाह गरिएको थियो । यसैगरी घर नक्सा पास परामर्स , सुरक्षित वैदेशिक रोजगार सम्बन्धि परामर्स , व्यवसाय दर्ता , राजस्व संकलन र अन्य सेवा सम्बन्धी परामर्श प्रदान गरीएको शिक्षा शाखा प्रमुख खिम वहादुर जिसीले वताउनु भयो ।
सबै सेवा लिन् सेवाग्राही शिविरमा उत्साह पूर्वक सहभागि भएपनि सबै भन्दा भिडभाड स्वास्थ्य शिविरमा देखिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनिले वताउनु भयो । शिविरमा ९ सय ८५ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ । जसमा स्वास्थ्य शाखा अन्तर्गत प्राथमिक उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । उक्त शाखामा २ सय ३० जनाले सेवा लिएका छन् । आयुर्वेद तर्फ २ सय ६५ जनाले सेवा लिएको जनाइएको छ ।
प्रतिक्रिया