खोज–अनुसन्धान

जनताका कुरा सुन्नका लागि समुदायमा कांग्रेस अभियानको सुरुवात डा. संग्रौला



गुल्मी १८ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले जनताका कुरा सुन्नका लागि समुदायमा कांग्रेस अभियानको सुरु गरिएको बताउनुभएको छ । गुल्मीमा अभियानको प्रारम्भ गर्नुहुँदै उहाँले समुदाय गएर जनताका कुरा सुन्नका लागि अभियानको सुरु गरिएको बताउनुभएको हो ।केन्द्रीय सदस्य डा. सङ्ग्रौलाले नेपाली कांग्रेसले जनताका माझमा गएर जनताका राय सुझाव लिनुका साथै कांग्रेसले ती राय सुझावलाई कार्यान्वयन गर्ने बेला आएको भन्दै अब सबैले कुराभन्दा पनि काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले कांग्रेसमा भएको गणेश प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको भन्दै जनताले दिएको सुझावलाई ग्रहण गर्नका लागि समुदायस्तरमा कांग्रेस पुग्न लागेको बताउनुभयो ।यस अभियानले पार्टी सङ्गठनलाई सुदृढीकरण र रुपान्तरण मात्र नभएर नेताहरुको आचरण र शैलीमा परिवर्तन ल्याउन ठूलो सहयोग गर्ने भन्दै उहाँले समुदायको राय सुझाव लिएर कांग्रेसले आगामी नीति कार्यक्रम तय गर्ने जानकारी दिनुभयो ।
समुदायका जनताको समस्या समाधान गर्न अत्यन्तै जरुरी रहेको उल्लेख गर्नुहुँदै केन्द्रीय सदस्य डा. सङ्ग्रौलाले अभियानमार्फत सबैलाई समेट्नुपर्ने बताउनुभयो ।त्यस्तै, उहाँले देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको भन्दै जनताको अवस्थामा पनि परिवर्तन ल्याउन आवश्यक रहेको जिकिर गर्नुभयो ।

प्रकाशित : १८ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६