तम्घास १८ माघ । तम्घासमा सञ्चालित आयुर्वेद पसल सिल गरेको प्रशासनले छानबिन गर्न समिति बनाएको छ । सत्य तथ्य छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो ।जसको सदस्यहरूमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य, रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डाक्टर सुरज पाण्डे र प्रहरी निरीक्षक सूर्यमान चौधरी सदस्य रहेको समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । समितिले यही माघ १९ गतेसम्म सत्य तथ्य बुझेर प्रतिवेदन दिने गरी समय सीमा निर्धारण गरिएको गैरेले बताउनुभयो । प्रतिवेदन आएपछि त्यसलाई आधार मानी दोषी देखिएमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने प्रशासनले चेतावनी दिएको छ ।
१८ माघ २०८०, बिहिबार
प्रतिक्रिया