प्रदेश

सुनवलमा बस र टिप्पर ठोक्किँदा १७ जना घाइते



सुनवल, १९ माघ । पश्चिम नवलपरासीको सुनवलमा गएराति बस र टिप्पर एकआपसमा ठोक्किदा १७ जना घाइते भएका छन । घाइते मध्य केहिको अवस्था गम्भिर रहेको छ । काठमाडौबाट बाजुरा जाँदै गरेको सुपप्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर गएराती १० बजे तिर सुनवल – ४ अल्कत्रे डाडां नजिकै ठोक्किएको हो ।

दुर्घटनामा घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए ।
सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक भने घाइते भएका छन् ।

घाइतेहरुको विवरण यस्तो छ :-

देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भईरहेको

१. बस चालक जिल्ला कैलाली चुरे गा.पा. ४ बस्ने वर्ष अं. ३९ को कर्ण बहादुर सावदको टाउको र कम्मरमा चोट अवस्था मध्यम । (लाईसेन्स भएको, मा.प.से. नभएको), उक्त बस सुदुरपश्चिम व्यवसायी समितिको रहेको ।

२. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -१२ नयां बस्ने वर्ष अं. ३४ को गिरिराज भुसालको टाउकोमा चोट अवस्था मध्यम ।

३. जिल्ला कञ्चनपुर बेलौरी न.पा.-१० बस्ने वर्ष अं. २५ को सुनिल पालको टाउको र शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।

४. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -४ बस्ने वर्ष अं. १६ को सुजन बुरलाकोटीको हात खुट्टामा चोट अवस्था सामान्य ।

५. जिल्ला बाजुरा कोल्टी न.पा.-९ बस्ने वर्ष अं. ४० कि (महिला) राजु थापाको बायां खुट्टाको तिघ्रामा चोट अवस्था सामान्य ।

६. ऐ.ऐ. निजको छोरा बस्ने वर्ष अं. १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम ।

७. ऐ.ऐ. बस्ने निजको छोरा बर्ष अं. ३ को सुनिल थापाको हात खुट्टामा चोट अवस्था सामान्य ।

८. जिल्ला नवलपुर देवचुली न.पा.-१२ गैडी बस्ने वर्ष अं. ३२ को प्रकाश न्यौपानेको टाउकोमा चोट अवस्था सिरियस । ऐ. २३:२५ बजे बुटवल चौराह हस्पिटल रुपन्देही तर्फ रिफर भएको ।

९. जिल्ला बर्दिया मधुबन न.पा.- ७ बस्ने वर्ष अं. २५ को बिनोद थापाको भित्री छातीमा चोट अवस्था मध्यम ।

१०. जिल्ला नवलपरासी सुनवल न.पा.- ८ बस्ने वर्ष अं. ६३ को बलराम उबरकोटीको बांया हातमा चोट अवस्था सामान्य ।

११. ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम ।

१२. ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३९ को भुपाल नेपालीको दाहिने हातमा चोट अवस्था सामान्य ।

१३. जिल्ला बाजुरा हिमाली गा.पा.-७ बस्ने वर्ष अं. ६० कि टिकादेवी सन्यालको टाउको र छाथिमा चोट अवस्था मध्यम ।

लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भईरहेको

१४. जिल्ला बाजुरा बुढीनन्द न.पा.-१ बस्ने वर्ष अं. ५१ को खडकराज गिरीको दाहिने कुममा चोट अवस्था सामान्य ।

१५. ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष अं. ४५ कि चन्द्र गिरीको हात खुट्टामा चोट अवस्था सामान्य ।

१६. जिल्ला बाजुरा दुर्गाथली गा.पा. -४ बस्ने वर्ष अं. २९ को किशोर भण्डारीको खुट्टामा चोट अवस्था सामान्य ।

१७. जिल्ला बाजुरा गौमुल गा.पा. -६ बस्ने वर्ष अं. १८ को महेश रोकायको दुबै हात खुट्टामा चोट अवस्था सामान्य ।

प्रकाशित : १९ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६