प्रदेश

दाङमा खाना पकाउँदा सल्केको आगोले जल्दा एकको मृत्यु



दाङ, १९ माघ ।
दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिएका छन ।

बिहिवार साँझ पौने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडा बाट शरीरमा आगो सल्किदा मृत्यु भएको भन्ने खबर आएको प्रहरीले बताएको छ ।

घरमा कोही नभएको समयमा घटना भएको स्थानीयले खवर गरेका थिए । ईलाका प्रहरी तुलसीपुरबाट प्रहरी निरिक्षक नवराज के।सी।को कमाण्डमा ५ जनाको टोली घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको थियो। घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रबक्ता मल्लले जानकारी दिए ।

प्रकाशित : १९ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६