कपिलवस्तु १९ माघ । नेपाल र लुम्बिनी प्रदेश कै प्रमुख गन्तब्य जगदीशपुर तालमा ‘ सिमसार : मानव हितको आधार ’ भन्ने नारासहीत २८ औ सीमसार दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । डिभिजन वन कार्यालय कपिलवस्तु र जगदीशपुर जलासय ब्यस्थापन बहुसरोकार मञ्चको आयोजनामा सिमासार दिवसर र ११ औ चरा महोत्सव संचालन गरिएको हो । कार्यक्रममा रक्तदान, म्याराथुन दौड, निबन्ध प्रतियोगीता लगायतका कार्यक्रम गरिएको छ ।कार्यक्रममा मानवीय गतिबिधि बढेकाले सिमसार क्षेत्र खुम्चिदै गएकोले बेलैमा सचेत भएर तालको संरक्षण गर्नु पर्ने कार्यक्रममा सरोकारवालाले जोड दिएका छन । सो अवसरमा लुम्बिनी प्रदेशका सदस्य पन्थीले जगदीशपुर ताल लुम्बिनी प्रदेश कै प्रमुख पर्यटकीय स्थल रहेको बताए । उनले लुम्बिनीसंग जोडेर जगदीशपुर तालको गर्नु पर्ने बताए ‘ ताल संरक्षणको जिम्मा यहीका सरोकारवालाले गर्नु पर्छ यसका विकास गर्ने जिम्मास्थानीय प्रदेश सरकारको हो ’ उनले भने ।
उनले प्रदेश सरकारले जगदीशपुर तालको विकासकालागि चाहिने बजेटको ब्यवस्थाकालागि आफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रदेश सदस्य सुधाकर पाण्डेयले कृषक र स्थानीयबासीलाई जोडर तालको एकीकृतढंले विकास गर्नु पर्ने बताए । उनले जगदीशपुर ताल पर्यटकीय हिबासले महत्वपुर्ण स्थलका साथै कृषकहरुको सिचाईकालागि समेत यसले ठुलो योगदान दिएको बताए । प्रजिअ बिश्व प्रकाश अर्यालले प्राकृतिक बिविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताए ।
स्थानीयको सहभागीतामा ताललाई सुन्दरीकरण गरी आयआर्जन तर्फ उन्मुख गराउनु पर्ने बताए । उनले चराहरुको बासस्थानकारुपमा परिचित जगदीशपु तालमा मानवीय गतिबिधिलाई कम गर्नु पर्ने बताए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले तालको विकासमा अब ढिलाई गर्न नहुने बताए । उनले खुला संंग्रहालयकारुपमा रहेको कपिलवस्तुका समग्र पर्यटकीय विकासकालागि गुरु योजना बनाई अघि बढनु पर्ने बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले जगदीशपुर ताललाई पर्यटकीयरुपमा विकास गरी स्थानीयसंग आयआर्जनमा जोडनु पर्ने बताए ।
तालमा के गर्न हुने र नहुने त्यो बिषय स्पष्ट हुनुु पर्ने उनले बताए । 
सो अवसरमा तालको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले बताए । आफुले पनि तालको विकास सरंरक्षकालागि प्रयास गर्ने उनले बताए । उनले तालको ठोस विकास गरी पर्यटकीय लाभ लिनु पर्ने बताए । बुद्धस्थल तिलौराकोट, निगालीकोट, लम्बुसागर लायतका स्थलसंग जोडने गरी यस क्षेत्रको विकास गनुृ पर्ने बताए ।कार्यक्रममा पत्रकार गोपाल भन्डारी र अनिल मालीलाइ नगद सहीत सम्मानित गरिएको थियो । यस्तै म्याराथुन दौड, निबन्ध प्रतियोगीतामा बिजयी भएकाहरुलाई सम्मानित समेत गरिएको थियो । रक्तदान कार्यक्रममा २५ जनाले रगत दान गरेका थिए । कार्यक्रममा थारु लागयत स्थानीयहरुले नाच गान समेत प्रस्तुत गरेका थिए ।
मंचका अध्यक्ष ललित गूरुङको अध्यक्षता र सचिव सुन्दर पाण्डेयको संचालनमा भएको कार्यक्रममा मंचका उपाध्यक्ष रामसेवक यादव, बिसिएनका भुपाल नेपाली लगायतले शुभकामना मन्तब्य दिएका थिए ।११ औ चरा महोत्सवमा ५ सय बढी पर्यटकले जगदीशपुर तालमा चराको अवलोकन गरेका थिए । ताललाई २०७८ सालमा नेपाल कै दोश्रो पंक्षी संरक्षण क्षेत्र घोषणा१ सय ५७ हेक्टरमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । तालमा १ सय ८ बढी प्रजातिका चरा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाईने पंछी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ । बिश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चराहरु पनि देख्न पाईन्छ।








प्रतिक्रिया