कपिलवस्तु, २० माघ ।
कपिलवस्तुको बाणगंगामा सहकारीकर्मीबीच कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । बाणगङ्गा–६ स्थित माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पिस हिमालय रिसोर्ट ठाकुरापुरमा कार्यशाला सम्पन्न भएको हो । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेप्mस्कून) को प्राविधिक सहयोग रहेको उक्त कार्यशालाको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले गर्नुभएको थियो ।
कार्यशालाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य पन्थीले सहकारीलाई राज्यले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा मानेको बताउनुभयो । सहकारीले विशेषगरी ग्रामिण क्षेत्रमा अर्थिक गतिविधिहरु सञ्चालन गर्दै ग्रामिण अर्थतन्त्रको विकास अतुलनीय योगदान दिएको बताउनुभयो । सांसद पन्थीले पछिल्लो समय सहकारीहरु विभिन्न किसिमका समस्यामा फस्दै गईरहेको हँुदा अब सहकारीकर्मीहरु निकै सजक एवं सचेत भएर अघि बढ्नुपर्ने औंल्याउनुभयो ।
कार्यशालामा नेफ्कूनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले सहकारीमा आउन सक्ने सम्भावित जोखिमको व्यवस्थापन सम्बन्धमा सहजीकरण गर्नुभएको थियो ।
उक्त कार्यशालामा नेफ्स्कून अन्तर्गत ‘प्रोवेशन ब्राण्ड’ प्राप्तिको प्रकृयामा अघि बढेका गुल्मी, रुपन्देही र नवलपरासी, पाल्पा र कपिलवस्तुका गरी ११ वटा सहकारीका ४० बढि सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । कार्यशालामा सहकारीकर्मीहरु बीच अनुभव तथा सिकाइको आदान प्रदान समेत भएको थियो ।
माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, कोषाध्यक्ष लेखनाथ भट्टराईको स्वागत र सचिव खेमराज भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया