प्रदेश

मुलुकलाई विकास र समृद्धि ल्याउन कठोर यात्रा तय गरेको लामिछानेको भनाई



अर्घाखांची,२० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले मुलुकलाई विकास र समृद्धि ल्याउन कठोर यात्रा तय गरेको बताएका छन् । पार्टी स्थापना भएको छोटो समयमै संसदमा २१ जनाले प्रतिनिधित्व गरेका छौँ, त्यो संख्याले हुदैँन् परिवर्तन गर्नका लागि वहुमत चाहिने बताए । जिल्ला जिल्लाबाट सक्षम नेतृत्व आउँनुपर्छ । सक्षम नेतृत्व अर्घाखाँचीले नै जन्माएको छ, कसैको आशिर्वादले हुदैँन्, परिवर्तन गर्न २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथिलाई अन्त्य गर्न सक्ने बताएका छन् ।

वर्तमान सरकार सञ्चालनप्रति टिप्पणी गर्दैँ सुरूसुरूमा काम गरेजस्तो गर्ने तर, काण्डको टुंगो नलाग्दै कसैको दबाबमा काण्डको ढाकछोप गरेको बताए ।

काँग्रेस र एमालेप्रति टिप्पणी गरेका लामिछानेले ठूला भनिएका दलहरूले मदन वीपीको नाम बेच्ने गरेको भन्दै आफूहरूसँग सुशासनको एजेण्डा मात्र भएको बताए ।

सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखे । उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

त्यस्तै रास्वपाका सांसद सुमना श्रेष्ठले देशमा गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताइन् ।

सरकारको नेतृत्व गरेका दलहरूबाट नै भष्ट्रचारको वेथिति बढेकाले यसको अन्त्यका लागि नयाँ शक्तिको उदय भएको बताईन् ।

प्रकाशित : २० माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६