प्रदेश

उद्योगी व्यवसायीका गुनासो सुन्दै साझा व्यवसायिक प्यानल अध्यक्षका उम्मेद्वार क्षेत्री



बाणगंगा, २० माघ ।

कपिलवस्तु उद्योग वाणिज्य संघको माघ २३ गते हुने ८ औं अधिवेशन हुने भएसँगै संघमा चुनावी सरगर्मी सुरु भएको छ । संघको अधिवेशन केन्द्रित भएसँगै व्यवसायिक साझा प्यानलका उम्मेद्वार गणेश बहादुर क्षेत्रीको प्यानल व्यवसायीका पसल तथा उद्योगधन्दामा पुगेको छ । अध्यक्षका उम्मेद्वार गणेश बहादुर क्षेत्री, वरिष्ठ उपाध्यक्षका उम्मेद्वार हुमनाथ पौडेल, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष,सह–कोषाध्यक्ष खुल्ला महिला सदस्यव्यवसायी लगायतका सम्पूर्ण टीम गुनासो सुन्न पसल तथा उद्योगधन्दामा पुगेको हो ।

क्षेत्रीले व्यवसायीहरु मारमा रहेको गम्भीर अवस्था अत्यन्तै नजिकबाट महशुस गरेको बताउदै तत्काल निराश नहुन सुझाव दिंदै हौसला दिने गरेको जनाएको छ । आफू युवा र निवर्तमान वडा अध्यक्ष, संघको पूर्व उद्योग उपाध्यक्ष तथा सल्लाहकार भएकोले कपिलस्तु उद्योग वाणिज्य संघका संस्थापकहरु, पूर्व अध्यक्ष, सल्लाहकार, उद्योगी, व्यवसायी, व्यापारी, बुद्धिजिवी, समाजसेवी पत्रकार अग्रज सबैको सल्लाह र सुझाव अनुसार आफू अघि बढ्ने र संघमा नमुना सिर्जनशील काम गर्न उम्मेद्वारी घोषणा गरेको र त्यही प्रतिबद्धतालाई पूरा गर्ने वाचाका साथ व्यवसायी, उद्योगीलाई भेटघाट तीव्र पारेको बताए ।

सबै वडाका क्षेत्रहरुमा पुगेर हरेक मतदाताको मत बिष्लेशण एवं उद्योगी व्यवसायीका गुनासो सुन्नमा व्यस्त अध्यक्ष गणेश बहादुर क्षेत्री नेतृत्वको व्यवसायिक साझा प्याननले निर्वाचन जित्ने आधार तय भईसकेको दाबी गरेका छन् ।

व्यवसायीहरुले क्षेत्रीको साझा व्यवसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा समाजसेवी व्यवसायी हुमनाथ पौडेल, एसोसिएट उपाध्यक्षमा रामजी सेन, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, उद्योग उपाध्यक्षमा खुमान्द घिमिरे, वाणिज्य उपाध्यक्षमा घनश्याम अधिकारी, महिला उपाध्यक्ष मिना पौडेल, महासचिव नवदत्त घिमिरे, कोषाध्यक्ष खेम अधिकारी, सचिव राजेश तिवारी, सह कोषाध्यक्ष वसन्त कँडेल, महिला खुल्ला सदस्यहरुमा बिमला श्रेष्ठ, सिता पोख्रेल घिमिरे, लक्ष्मी गैरे रहेका छन् ।

यस्तै संघमा पूर्व कोषाध्यक्ष तथा लेखा संयोजक युवा व्यवसायी मोहन न्यौपाने अध्यक्ष रहेको प्यानलमा बरिष्ठ उपाध्यक्षमा विरेन्द्र खाँण, उद्योग उपाध्यक्षमा रबिन्द्र पौडेल, वाणिज्य उपाध्यक्षमा नारायण पौडेल, बस्तुगत उपाध्यक्षमा नरेन्द्र सेन, एशोसिएट उपाध्यक्षमा बुद्धिराम पौडेल, महिला उपाध्यक्षमा पवित्रा सोमै, महासचिवमा मदन पौडेल, सचिवमा दामोदर पन्थी, कोषाध्यक्षमा धिरज खनाल, सहकोषाध्यक्षमा कृष्ण प्रसाद गैरे, महिला सदस्यमा निर्मला पाण्डे अधिकारी, महिला सदस्यमा मधु केसी, सकरानी थारु, बनगाई क्षेत्रगत सदस्यमा यज्ञ भट्टराई वाणिज्य, सन्तोष सुनार उद्योग, वोर्डगाउँ क्षेत्र धिरज विष्ट, चारनम्बर क्षेत्रगत सदस्य असिम क्षेत्री, जनक अधिकारी, कोपवा पंकज पाण्डे, ओदारी मदन अर्याल, पटना रामेश्वर थारु, पिपरा नरेन्द्र बस्याल, गजेहडा दण्डपाणी भट्टराई, कृष्ण प्रसाद भट्टराई, बैरिया हुम बहादुर कार्की, एशोसियट सदस्य विष्णु पाठक, जितेन्द्र श्रेष्ठ रहेका छन् । बाँकी रहेका केही क्षेत्रगत सदस्यको उम्मेदवार पछि घोषणा गरिने बताइएको छ ।

प्रकाशित : २० माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६