प्रदेश

कपिलवस्तु उद्योग वाणिज्य संघः गणेश क्षेत्री प्यानलका सम्पूर्ण पदाधिकारीहरू सार्वजनिक 



कपिलवस्तु, २० माघ ।

माघ २३ गते हुन लागेको कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनका लागि अहिले जिल्लाका व्यवसायीहरू तातिएका छन । अधिवेशन हुन ३ दिन मात्र बाँकी रहँदा विभिन्न प्यानलहरू घोषण भैरहेका छन ।

आगामी ३ वर्षे नेतृत्वको लागि तिन वटा प्यानल चुनावी मैदानमा उत्रिने भएका छन । तिन वटा प्यानलहरूले आआफ्ना पदाधिकारीहरूको नाम समेत सार्वजनिक गरिरहेका छन ।

यसैबीचमा वाणगङ्गा नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तथा व्यवसायी गणेश बहादुर क्षेत्रीको नेतृत्वमा रहेको प्यानलका पदाधिकारी टुङ्गिएका छन् । आज भएको उम्मेद्वारी घोषणा कार्यक्रममा प्यानलका सम्पूर्ण पदाधिकारीहरू सार्वजनिक भएका हुन ।

क्षेत्रीको नेतृत्वमा घोषणा भएको प्यानलको बरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, एसोसिएट उपाध्यक्षमा रामजी सेन, वाणिज्य उपाध्यक्षमा घनश्याम अधिकारी, महिला उपाध्यक्षमा मिना पौडेल, महासचिवमा नवदत्त घिमिरे, सचिवमा राजेश तिवारी, कोषाध्यक्षमा खेम अधिकारी, सह कोषाध्यक्षमा बसन्त कँडेल रहनुभएको छ । त्यस्तै महिला खुला सदस्य तर्फ विमला श्रेष्ठ र सिता पोख्रेल घिमिरे रहनुभएको छ ।

यसैबीच अध्यक्ष पदका उम्मेदवार गणेश बहादुर क्षेत्रीले साना साना व्यवसायीहरूलाई एउटै छाता मुनि राखेर काम गर्ने बताउँदै व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले स्थानीय सरकार र अन्य संघ संस्था सङ्ग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । आफू लामो समयदेखि उद्योग व्यवसायको क्षेत्रमा काम गरेको स्मरण गर्दै राजनैतिक क्षेत्र भन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार हुमनाथ पौडेलले व्यवसायीहरूका अनेकौं समस्या छरपस्ट हुँदा सम्बन्धित निकाय मौन रहेको भन्दै व्यवसायीको संरक्षणको लागि आफूहरूको उम्मेदवारी रहेको बताउनुभयो ।

त्यस्तै समग्र महिला उम्मेदवारको प्रतिनिधित्व गर्दै महिला उपाध्यक्ष पदकी उम्मेद्वार मिना पौडेलले व्यवसायको क्षेत्रमा पनि महिला पछाडि परेको भन्दै महिलाको सहभागिता लाई सक्रिय बनाउन आफ्नो उम्मेद्वारी महत्वपूर्ण रहने स्पष्ट पार्नुभयो ।

त्यस्तै माओवादी जिल्ला अध्यक्ष विष्णु बेल्बासे, नेपाली काङ्ग्रेसका जिल्ला सचिव शक्ति सिंह ठकुरी, नेकपा एस का नगर अध्यक्ष दीपक  पन्थी, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष राजेन्द्र विक्रम साह, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि शशि सापकोटा लगायतले बोल्दै अनुभवी र सक्षम नेतृत्व चुनावी मैदानमा उत्रिएको भन्दै यसले विशुद्ध व्यवसायीको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका थिए । माओवादीका टेकेन्द्र क्षेत्रीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको  सञ्चालन माधव भाट क्षेत्रीले गर्नु भएको थियो । 

प्रकाशित : २० माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६