कपिलवस्तु २१ माघ । विश्व क्यान्सर दिवसको अवसरमा यस कपिलवस्तु अर्वुदरोग (क्यान्सर ) निवारण संस्थाले संस्थाकी सचिव इन्दिरा देवकोटा पौडेलको संयोजकत्वमा , संस्थाका अध्यक्ष राजेश ज्ञवालीको अध्यक्षता र क व न पा ३ का वडा अक्ष्यक्ष प्रकाश गैरेको प्रमुख आतित्यथामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हेरचाहमा हुने असमानताको अन्त्य गरौं भन्ने मूल नाराका साथ मनाईएको यस कार्यक्रममा लायन्स क्लव अफ प्राचिन कपिलवस्तुकका उपाध्यक्ष भगवानदास अग्रहरी , सामाजीक विकास परिषदका अध्यक्ष गंगाधर आचार्य, यशोधरा मा वि का बि ब्य स का सदस्य रामप्रित दुबे (बलराम ) , प्रेमलता भट्ट , लगाएतले शुभ कामना मन्तव्य समेत राख्नु भएको थियो ।
यस कार्यक्रममा निर्णायक मण्डलको संयोजकमा किरण कुमार देवकोटा र सदस्यमा गीता खनाल रहनु भएको थियो । कार्यक्रममा जिल्लाका ६ वटा मा वि बिद्यालयका १० जना छात्र छात्राले सहभागीता रहेको थियो ।यस वक्तृत्वकला कार्यक्रममा विभिन्न विद्यार्थीहरूले विभिन्न स्थान हासिल गरेका थिए ।श्री सनलाईट बोडिङ् स्कूल बगदीकी छात्रा सदिक्षा पाण्डेयले प्रथम स्थान प्राप्त गरेकी छन् । त्यसै गरी यसै विद्यालयका छात्र नवनित पाण्डेयले द्वित्तिय स्थान र श्री बुद्ध ज्योती मा वि की छात्रा कमला भन्डारीले तृतिय स्थान हासिल गर्न सफल भएकी थिइन् । साथै श्री सिद्धार्थ मा वि की छात्रा ज्योती चौधरीले सान्त्वना स्थान हासिल गरेकी छन् ।
उक्त कार्यक्रममा वडाध्यक्ष प्रकाश गैरेले यस संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै आफूले सक्दो सहयोग यस संस्थालाई प्रदान गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको थियो । यस कार्यक्रममा शिक्षक राजेशमणि त्रिपाठी, नन्दलाल कुर्मी एस एन त्रिपाठी, लायन्स कस्तुरा सिग्देल , अशोक गुप्ता , कमला भन्डारी , मन्जु घिमिरे लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको समापनमा संस्थालाई अँगाडी बढाई जनचेतना छर्दै अर्वुदरोग न्यूनीकरणमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन अध्यक्ष राजेश ज्ञवालीले गर्नु भएको थियो ।
प्रतिक्रिया