प्रदेश

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलको यस्तो छ ३० बुँदे प्रतिबद्धता



बाणगंगा, २२ माघ । बाणगंगा वडा नंं. ४ का निवर्तमान वडा अध्यक्ष संघका पूर्व उद्योग उपाध्यक्ष तथा पूर्व सल्लाहकार युवा व्यवसायी गणेश बहादुर क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यानलले ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । क्षेत्री नेतृत्वयको साझा व्यसायी प्यानले उद्योगी, व्यवसायी र आधुनिक बाणगंगा निर्माणमा संघले निर्वाह गरेको योगदान एवम् भूमिकाको उच्च सम्मान गर्दै आगामी दिनमा संघको गरिमालाई बढाउँदै असल उत्तराधिकारीको रूपमा स्थापित हुने प्रण सहित निम्न प्रतिबद्धताहरु व्यक्त गरेको छ ।

व्यवसायीहरुले क्षेत्रीको साझा व्यवसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा समाजसेवी व्यवसायी हुमनाथ पौडेल, एसोसिएट उपाध्यक्षमा रामजी सेन, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, उद्योग उपाध्यक्षमा खुमान्द घिमिरे, वाणिज्य उपाध्यक्षमा घनश्याम अधिकारी, महिला उपाध्यक्ष मिना पौडेल, महासचिव नवदत्त घिमिरे, कोषाध्यक्ष खेम अधिकारी, सचिव राजेश तिवारी, सह कोषाध्यक्ष वसन्त कँडेल, महिला खुल्ला सदस्यहरुमा बिमला श्रेष्ठ, सिता पोख्रेल घिमिरे, लक्ष्मी गैरे रहेका छन् ।

यस्तै क्षेत्रगत सदस्य उम्मेद्वारहरुमा हरुमा पिपरा क्षेत्रबाट माधव आचार्य, बैरिया क्षेत्र विष्णु घिमिरे, चारनम्बर क्षेत्रबाट कृष्ण प्रसाद चालिसे, शिव सुवेदी, गजेहडा क्षेत्रबाट ऋषिराम थारु, सुरजमती रौतार, बोडगाउँ क्षेत्रबाट शान्त कुमार विसी, बनगाई क्षेत्रबाट केशव बेल्बासे, रोसन बन्जाडे, कोपवा क्षेत्रबाट तेज बहादुर थापा (तेजेन्द्र), ओदारी क्षेत्रबाट ऋषिराम सुवेदी, पटना क्षेत्रबाट सन्त कुमार थारु रहेका छन् ।

यी हुन् ३० बुँदे प्रतिबद्धता

– वित्तीय संस्थाको चर्को ब्याज दर विरुद्ध उद्योगी, व्यसायीको हितमा निरन्तर पैरवी गर्ने ।

– संघका सदस्यहरुको क्षमता बृद्धिको लागि समय सापेक्ष विभिन्न तालिम, गोष्ठी, सेमिनारहरु आयोजना गर्ने ।

– विभिन्न सरकारी निकाय, स्थानीय सरकार तथा नीजि क्षेत्रसँग समन्वय गरी संस्थागत विकासका तालिमहरु संचालन गर्ने ।

– उधारो कारोबारबाट पीडित व्यसायीहरूका लागि छुट्टै समिति गठन गरी निवेदनका आधारमा दुई पक्षीय छलफलबाट समस्याको समाधान गर्ने ।

– बाह्य जिल्लामा कारोबार गर्दा भैपरी आउने समस्या समाधानका लागि सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने ।

– सीमा क्षेत्रबाट आउने घुमन्ते व्यापारीहरुलाई यस संघको कार्य क्षेत्रभित्र निरुत्साहित गर्नका लागि विशेष योजना निर्माण गर्ने ।

– उद्योग, व्यापार व्यसायको बिमा तथा संघमा आबद्ध व्यवसायीहरुको जीवन विमाका लागि आवश्यक पहल गर्ने ।

– व्यवसायिक सटर, उद्योग कलकारखाना लगायतको वैज्ञानिक भाडादर कायमका लागि आवश्यक पहल गर्ने ।

– आगामी महोत्सवलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गरी व्यवसायिकमैत्री बनाउनुका साथै महोत्सवबाट भएको आम्दानीको १५ प्रतिशत रकम व्यवसायिक राहतकोषमा राख्ने ।

– व्यवसायीहरुलाई स्वदेश तथा विदेशमा औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र एवम् विभिन्न प्रदर्शनीहरूको अवलोकन भ्रमणको व्यवस्था मिलाउने ।

– आन्तरिक राजस्व कार्यालयमा हेल्प डेस्क स्थापना गरी व्यवसायीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने ।

– घरेलु, भन्सार, राजस्व एवं सरोकारवाला निकायहरुसँग निरन्तर रूपमा व्यवसायिक हितमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने ।

– कपिलवस्तु उद्योग वाणिज्य संघको कार्यक्षेत्रभित्रका व्यवसायीहरुका समस्याहरूको पहिचान गरी समाधानका लागि अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने ।

– संघको विधान, नीति तथा कार्यक्रमलाई समय अनुकूल संशोधन एवं परिमार्जन गर्ने ।

– सफा र स्वच्छ हरित बाणगंगा निर्माणमा सरोकारवाला निकायहरुसँग समन्वय गरी कार्य गर्ने ।

– नगरले लिँदै आएको सम्पत्ति कर, बहाल कर, मूल्याङ्कन दरको मापदण्ड बनाई पुर्नं मूल्याङ्कन गराएर समय सापेक्ष बनाउन पहल गर्ने ।

– बाणगंगालाई शैक्षिक हवको रूपमा विकास गर्न मद्दत पुग्ने खालका शैक्षिक कार्यक्रमहरु आयोजना गर्ने ।

– बाणगंगा नगरपालिका–९ भलवाडमा औद्योगिक ग्राम निर्माणको लागि स्थानीय तह, प्रदेश र संघमा आवश्यक बजेटका लागि पहल गर्ने ।

– बाणगंगा न।पा। ११ मा निर्माणाधिन कृषि उपज केन्द्रको निर्माण सम्पन्न गर्न आवश्यक पर्ने बजेटका लागि प्रदेश तथा संघमा पहल गर्ने ।

– यस क्षेत्रका फुटपाथका व्यवसायीहरुको व्यवस्थापन गर्दै हाटबजार, पाकिङ्ग स्थल र खेलकुद मैदानहरुको स्तर उन्नतीका लागि स्थानीय सरकारसँग समन्वय गरी प्रदेश र संघमा बजेट व्यवस्थापनका लागि पहल गर्ने ।

– खुल्ला सीमाबाट सिर्जित व्यवसायिक समस्या समाधानका लागि पहल गर्ने ।

– छिमेकी उद्योग वाणिज्य संघहरुसँग भाइचाराको सम्बन्ध स्थापित गर्दै अन्तर्राष्ट्रिय उद्योग वाणिज्य संघहरुसँग भगिनी सम्बन्ध कायम गरी औद्योगिक साझेदारीका कार्यक्रमहरु संचालन गर्ने ।

– उद्योगी व्यवसायीहरुमा भैपरी आउन सक्ने आगलागी, डुबान तथा दुर्घटना लगायतका घटनामा राहत उपलब्ध गराउने ।

सदस्यहरुको मृत्यु भएमा आवश्यक राहत उपलब्ध गराउन स्रोतको खोजी गर्ने र राहतकोष स्थापना गर्ने ।

– वस्तुगत तथा एसोसिएट व्यवसायीहरुका लागि एउटै छात्राभित्र कार्यालयको व्यवस्थापन गर्ने ।

– महिला उद्यमीहरुको हकहित अधिकारको संरक्षण गर्दै महिला उद्यमशिलतामा विशेष जोड दिने ।

– व्यवसायिक आत्मनिर्भरताका लागि कृषि तथा उद्यमशिलतामा विशेष जोड दिने ।

– लागू औषध दुव्र्यसनी नियन्त्रणका लागि स्थानीय सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने साथै युवा–युवतीलाई उत्पादनमूलक साथै व्यवसायिक कार्यका लागि प्रोत्साहित गर्ने ।

– मिडियामैत्री तथा प्रविधिमैत्री कार्यमा जोड दिने ।

– कपिलवस्तु उद्योग वाणिज्य संघलाई सबैको अपनत्व हुने गरी अभिभावकीय भूमिका निर्वाह गर्ने संस्थाको रुपमा स्थापित गर्ने ।

– उद्योगी, व्यवसायी, समाजसेवी, बुद्धिजीवि, पत्रकारहरूका सुझाव, सल्लाह र अग्रजहरुको मार्ग निर्देशन अनुसार सबैको भावनालाई आत्मसात गर्दै अघि बढ्ने ।

प्रकाशित : २२ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६