अर्थ-वाणिज्य

महासचिव पदका उम्मेद्वार भन्छन् – महागठबन्धनको घेराबन्दी तोड्छौँ




कपिलवस्तु २४ माघ । कपिलवस्तु उद्योग वाणिज्य संघको आगामी नेतृत्वका निम्ति मोहन न्यौपाने नेतृत्वमा युवा व्यवसायीहरु साझा व्यवसायीक संयुक्त समावेशी प्यानल खडा गरी उद्योगी व्यवसायीहरुका समस्या बुझ्दै आफ्ना २० बुँदे घोषणा पत्र लिएर व्यवसायीको मत तान्नमा व्यस्त छन् ।नेतृत्वका निम्ति अब्बल ठहरिएका न्यौपानेको प्यानलमा महासचिव पदका उम्मेद्वार मदन पौडेललाई आम मतदाताले विशेष चासोका साथ हेरेका छन् ।

२७ बर्षिय उनि सबै भन्दा कान्छा उम्मेद्वारको रुपमा रहनुभएको छ । विद्यार्थी जिवनमा विद्यार्थी राजनितिको राम्रो अनुभव बटुल्नुभएका उहाँले कोरोना संक्रमणको समयमा उद्योग वाणिज्य संघले आयोजना गरेका २ वटा महोत्सवमा स्टल संयोजकको जिम्मेवारी पुरा गरि अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपुर्ण योगदान गर्नुभएको छ ।युवा व्यवसायी पौडेलले बोडगाउँमा माउण्ट एभरेष्ट ट्रेड लिंक सप्लायर्स, बाणगंगा सःमिल तथा फर्निचर उद्योग, माउण्ट एभरेष्ट काष्ठ तथा फर्निचर सप्लायर्स सञ्चालन गर्दै आउनुभएको छ । त्यस्तै हाल कपिलवस्तु उद्योग वाणिज्य संघका क्षेत्रगत सदस्य रहेका उहाँ कपिलवस्तु जेसीजका पुर्व महा–सचिव पनि भईसक्नुभएको छ ।
आफ्नो समुहलाई ५ दलीय सत्ता गठबन्धनसंग राप्रपा समेत समाबेश भएर बनेको महागठबन्धनले चौतर्फी घेराबन्दीमा पार्न खोजे पनि बौद्धिक, शैक्षिक, सक्रिय युवाहरुको साथ र अग्रजहरुको सल्लाह सुझाव लिदै आफुहरु मैदानमा उत्रिएकाले घेराबन्दी तोड्ने तर्क गर्दै जित सुनिश्चित रहेको दावि समेत उहाँले गर्नुभयो ।हामी बलियो छौ र त महागठबन्धन बनेको उहाले वताउनु भयो ।
युवामा जोस हुन्छ, जाँगर हुन्छ र त्यो जोश जाँगरमा आँफुले
विद्यार्थी राजनिति गर्दा अनुभव गरेको विवेकको सहि समिश्रण गरी मोहन न्यौपानेको दाईने हात बनेर कार्यकाल सफल तुल्याउन कुनै पनि किसिमले नचुक्ने उहाँले बताउनु भयो ।
यता स्थापनाकाल देखि हालसम्म संस्थाको गरिमा एवं उचाईका निम्ति आफ्नो महत्वपुर्ण योगदान रहेको र अझ धेरै काम बाँकी रहेको दाबि गर्दै अध्यक्षका प्रत्यासी मोहन न्यौपानेले उद्योगी व्यवसायीका हक हित संरक्षणका निम्ति नेतृत्वमा आफ्नो उम्मेद्वारी रहेको जानकारी गराउनुभयो । बढ्दो आर्र्थिक संकटको अवस्थामा व्यवसायलाई माथि उकास्न विशेष पहल गर्ने, दर्ता नभएका झोले, पोके अवैध व्यापारलाई निषेधका लागि पहल गर्ने वा करको दायरामा ल्याउने उहाको समुहको प्रथिवद्धता छ । १ करोडको अक्षय कोष स्थापना र सदस्यहरुका लागि रु. १ लाख सम्मको दुुर्घटना बीमा, चारनम्वर क्षेत्रमा रात्रीकालिन वित्तिय सेवा दिने नगरको प्रतिवद्धतालाई कार्यान्वयन गर्ने, हाटबजारको व्यवस्थापन गर्ने, चर्को ब्याजको बृद्धि नियन्त्रणका निमित्त नेपाल उद्योग वाणिज्य महासंघ मार्फत विशेष पहल गर्ने घोषणाका साथ न्यौपानेको टीम परिचालित छ । विदेशीन खोज्ने युवा जनशक्तिलाई नेपालमै उद्यमशीलताको प्रेरणा जगाई विशेष योजनाका साथ युवा शक्तिको आत्मविश्वास बडाउने जस्ता थुप्रै योजना आँफुसँग रहेको र आँफु नेतृत्वमा आए यि सबै योजना पुरा गर्न आँफु प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६