प्रदेश

लुम्बिनीका कुन जिल्लामा कति उत्पादन भयो धान ?



कपिलवस्तु, २५ माघ ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०–८१ मा २लाख ९९ हजार ३४८ हेक्टरमा धान खेती गर्दा १२ लाख ९६ हजार ८९३ दशमलव ४ मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९–८०मा ३ लाख ७ हजार हेक्टरमा धान खेती गर्दा १२ लाख १४५३ दशमलव ९ मेट्रिक टन उत्पादन भएको थियो । लुम्बिनी प्रदेशकाको तराईको जिल्लामा नवलपरासीमा १९ हजार ८८५ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा ९१हजार ४७१ मेट्रिक टन धान उत्पादन भएको छ ।

रुपन्देहीमा ६० हजार ३२२ हेक्टरमा २ लाख ७८ हजार ८४ मेट्रिक टन उत्पादन भएको छ।कपिलवस्तु जिल्लामा ६५ हजार ८६६ हेक्टरमा २ लाख ७६ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै पाल्पा जिल्लामा ७ हजार ३७९ हेक्टरमा ३३ हजार ६१९ मेट्रिक धान उत्पादन भएको छ ।

गुल्मी जिल्लामा ७ हजार १२० हेक्टर क्षेत्रफलमा२३ हजार १४० मेट्रिक टन धान उत्पादन भएको छ । अर्घाखाँची जिल्लामा ६ हजार ९८२ हेक्टरमा धान खेती गर्दा २५ हजार २०५ मेट्रिक टन धान उत्पादन भएको छ ।

रोल्पा जिल्लामा ४हजार ५४५ हेक्टर क्षेत्रफलमा १२ हजार ९९३ मेट्रिक टन धान उत्पादन भएको छ । दाङ जिल्लामा ३५हजार १८४ हेक्टर क्षेत्रफलमा १ लाख ५८ हजार ३२८ मेट्रिक टन धान उत्पादन भएको छ। बाँके जिल्लामा ३४ हजार ६७५ हेक्टरमा धान खेती गर्दा १लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्युठान जिल्लामा ६ हजार४६० हेक्टरमा धान खेती गर्दा२३ हजार ७७२ मेट्रिक टन धान उत्पादन भएको छ ।रुकुम पूर्व जिल्लामा ८ सय २० हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २ हजार ५५८ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै बर्दिया जिल्लामा ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २लाख २५ हजार ४५० मेट्रिक टन उत्पादन भएको छ ।

प्रकाशित : २५ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६