ब्रेकिंग न्युज

लुम्विनी : सरकारको बजेट ४० अर्ब, पुष सम्मको खर्च ७ अर्व




बुटवल २५ माघ । सरकार गठनदेखि नै गठबन्धनको सहमतिमा अल्झिएको लुम्बिनी प्रदेश सरकारको विकास बजेट खर्चमा सुस्त देखिएको छ । गठबन्धन सरकार गठनको झण्डै एक वर्ष पुग्न लाग्दा पनि सरकारले विकासमा गति लिन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि कुल बजेटको साढे १८ प्रतिशत मात्र बजेट खर्च भएको छ । १० वटा मन्त्रालय रहेको लुम्बिनीमा सबैभन्दा कम बजेट खर्च गर्नेमा मुख्यमन्त्री कार्यालय रहेको छ । प्रदेश सरकारले चालु आवका लागि ४० अर्ब ४७ करोड ९७ लाख बजेट विनियोजन गरेको थियो । तर पुस मसान्तसम्म चालु र पुँजीगत गरी ७ अर्ब ४८ करोड रकम मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसमध्ये पनि आधा भन्दाबढी रकम चालु तर्फको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख दीपक ज्ञवालीले पुस मसान्तसम्म चालु तर्फ ३ अर्ब ८० करोड र पुँजीगत खर्च ३ अर्ब ६८ करोड गरी कुल बजेट ७ अर्ब ४८ करोड खर्च भएको बताए । सरकारका धेरै ठेक्काका काम मंसिर पुषपछि मात्र सुरु हुने भएकाले पनि पुषसम्मको खर्च न्यून देखिने र माघदेखि बढ्न थाल्ने उनले बताए । लुम्बिनी सरकारले चालु आवका लागि पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख र चालु तर्फ १७ अर्ब २२ करोड २७ लाख रुपैंया बिनियोजन गरेको थियो ।

कोष लेखा नियन्त्रण कार्यालयका अनुसार मन्त्रालयगत रुपमा हेर्दा १० मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै गृह मन्त्रालयले बजेट खर्च गरेको छ ।सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गरेको छ । पुष मसान्तसम्म गृह मन्त्रालयले ३५ दशमलब २१ प्रतिशत खर्च गरेको छ । गृह मन्त्रालयका लागि चालु आवमा ६७ करोड ३८ लाख रकम बिनियोजन भएको थियो । १ अर्ब ५९ करोड ७७ लाख बजेट बिनियोजन भएको मुख्यमन्त्री कार्यालयले भने पुषमसान्तसम्म ५ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

प्रकाशित : २५ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६