अर्थ-वाणिज्य

३ करोडको साझेदारी अघि बढाउदै सार्वजनिक जग्गा संरक्षणको बिशेष योजना पारित

बाणगंगामा महालेखाको प्रतिबेदन समीक्षा, कार्यप्रगती सन्तोषजनक



कपिलवस्तु २५ माघ । कपिलवस्तु बाणगंगा नगरपालिका नगर कार्यपालिकाको बैठक बिहिबार कार्यालयमा सम्पन्न भएको छ । नगरपालिकाको बिहिबार बसेको नवौं कार्यपालिका बैठकले नगरको समग्र कार्यसम्पादनको समिक्षा, एकिकृत घुम्ती शिविर, सार्वजनिक सेवा लगाएतको कार्यप्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको नगर प्रवक्ता तथा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।बैठकमा महालेखा परिक्षकको प्रारम्भिक प्रतिवेदनमाथि समिक्षा गरिएको छ । विकास निर्माणमा लागत साझेदारी योजनालाई अघि बढाउने निर्णय गरेको छ । जसमा नगरपालिकाले ७०: ३० र ५०: ५० प्रतिशतको डेढ डेढ करोड गरी ३ करोडको लागत साझेदारी योजना विनियोजन गरेको प्रबक्ता पौडेलले जानकारी गराउनु भयो ।

त्यस्तै वैठकले सार्वजनिक जग्गा संरक्षणको लागि नगरको बजेट वाँडफाँड गरेको छ । नगरको २० लाख बजेटबाट वाणगंगा नगरपालिका अन्तरगत सार्वजनिक जग्गा संरक्षणमा बजेट वाँडफाँड गरिएको छ । जसमा वाणगंगा आयुर्वेद अस्पताल जलेश्वरधाम, वडा न. ११ र वडा न. ७ मा रहेको सार्वजनिक जग्गा संरक्षणको योजना रहेको छ । सोही वैठकले तराई मधेश समृद्धि कार्यक्रम अन्तरगतका योजनाहरु छनौटगरी सम्वन्धित कार्यालयमा पठाउने निर्णय गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जिल्लाको १० बटा स्थानीय तहमध्ये बाणगंगा नगरपालिका संस्थागत स्व मूल्यांकनको नतिजामा पहिलो हुन सफल भएकोले सवैलाई धन्यवाद दिदै यसको निरन्तरताको लागि कर्मचारी टिम जिम्मेवारीपूर्वक लाग्ने बताउनुभयो । आर्थिक वर्ष ०७९।८० मा ८९.५ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

बैठकमा नगर प्रमुख चक्रपाणी अर्यालले विकासका कामलाई तिव्र गतिमा अगाडि बढाउन योजनाहरु समयमै सम्पन्न गर्न आवश्यक सहजीकरणको लागि निर्देशन दिनुभयो । नगरको सेवा प्रवाह, विकास निर्माणमा एकजुट भएर काम गर्न सवै निकायलाई आह्वान गर्नुभयो ।त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले लक्षित वर्गका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउदै नगर र वडाका योजना कार्यक्रमलाई समयमै सकेर नगरपालिकाको कार्य सम्पादनमा उत्कृष्ट बनाउन सबै पक्षलाई आग्रह गर्नुभयो । बैठकमा ११ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २५ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६