प्रदेश

युवा र अनुभवी टिम भएकाले गणेश क्षेत्री प्यानललाई चुनाव जित्न सहज



बाणगंगा, २६ माघ । कपिलवस्तु उद्योग बाणिज्य संघको आठौं अध्यक्षका लागि आगामी ३ बर्षे कार्यकालको लागि माघ २७ गते अर्थात् भोलि निर्वाचन हुँदैछ । संघको ८ औं अधिवेशन अन्तर्गत हुने व्यवसायीहरुसँग भेटघाट, छलफल, गुनासाहरु सुनेपछि गणेश क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलले सबै पदमा जित हुने दाबी गरेको हो ।

चुनावी गतिविधिलाई समीक्षा गर्दा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव लगायतका सबै पदाधिकारी र सबै सदस्यले चुनाव जित्ने साझा व्यवसायिक प्यानलले निष्कर्ष निकालेको हो ।

साझा व्यवसायिक प्यानलका एक जना चुनावी नेताका अनुसार चुनाव जित्ने बिभिन्न कारण छन् । अध्यक्षमा गणेश बहादुर क्षेत्री र वरिष्ठ उपाध्यक्षमा हुमानाथ पौडेल, उपाध्यक्षहरु, महासचिव, सचिव, कोषाध्यक्ष,सह, कोषाध्यक्ष, सदस्यहरु, लगायत सबै पदमा प्यानल नै आउने ती नेताले बताए ।

चुनावको लागि घरदैलो सकेको बताउँदै क्षेत्री प्यानलका ती नेताले भने घरदैलोमा जाँदा संघको हितमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका सबै अनुभवी रहेकोले निर्वाचनमा जित हुने दाबी गरे । विपक्षी प्यानलले सबैलाई मिलाउन नसकेको तर क्षेत्री नेतृत्वको व्यवसयिक साझा प्यानलमा मिलेकोले चुनाव जित्ने ती नेताको दाबी छ ।

‘स्थापना कालदेखि नै संघमा आवद्ध रहेको अध्यक्षका उम्मेदवार क्षेत्री स्थापना कालदेखि नै संघमा जोडिएर उपाध्यक्ष र सल्लाहाकार भइसकेको, पौडेल दुई दुईपटक र उद्योग र बाणिज्य उपाध्यक्ष भइसका छन् । भने अध्यक्षका उम्मेद् क्षेत्री बाणगंगा ४ का निवर्तमान वडा अध्यक्ष जनप्रतिनिधिको भूमिका समेत सफलता पूर्वक निर्वाह गरी सकेका व्यक्ति हुन । क्षेत्री प्यानलका उपाध्यक्षहरु पनि अनुभवी विभिन्न संघ संस्थामा कार्य गरी सकेका छन् ।

अर्को जितको आधार भनेको साझा व्यवसायिक प्यानल रहेको बुझ्न सकिन्छ । ४ नम्बर क्षेत्रमै वडा अध्यक्षसमेत भइसकेका हुनाले क्षेत्रीलाई धेरैले विश्वास गर्ने वातावरण बनेको बताइन्छ ।

‘महासचिव पदका उम्मेदवार घिमिरे त्यस क्षेत्रकै पाका, शालिन र ब्यवसायिक दक्षता भएका हुनाले सजिलै जित्ने अनुमान गरेका छौँ’ ती नेताले भने ।

क्षत्री प्यालनको नेतृत्वको साझा व्यवसायी प्यानलका वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार हुन हुमनाथ पौडेल । पौडेल कपिलवस्तु उद्योग वाणिज्य संघको पूर्व उद्योग उपाध्यक्ष, पूर्व वाणिज्य उपाध्यक्ष रही कार्य गरी सकेका छन् । यस्तै पौडेल बाणगंगा मा।वि। लौगाईका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्रेसर व्यवसायी संघ कपिलवस्तु अध्यक्ष, कपिलवस्तु सञ्चार सहकारी ९बुद्ध आवाज रेडियो, टेलिभिजन० का उपाध्यक्ष, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि। बोडगाउँ शाखा संयोजक, नव प्रभाव सामुदायिक वनका सल्लाहकाकार हुन् ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका उद्योग उपाध्यक्ष उम्मेद्वार पूर्व उपाध्यक्ष, पूर्व कार्य समिति सदस्य युवा व्यवसायी खुमानन्द घिमिरे उद्योग उपाध्यक्ष पदका उम्मेद्वार हुन । घिमिरे कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष हुनुका साथै विभिन्न संघ संस्थामा कार्य गरी सकेका छन् ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका वाणिज्य उपाध्यक्ष हुन घनश्याम अधिकारी । काष्ठ व्यसायी अधिकारीले पनि विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव छ ।

क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यालनका वस्तुगत उपाध्यक्ष हुन शालिकराम भुसाल । भुसाल संघका निवर्ततमान वस्तुगत उपाध्यक्ष रहनुका साथै मिल व्यवसायी समिति कपिलवस्तुका अध्यक्ष, लाली गुराँस सहकारी संस्था लि. का अध्यक्ष हुनुका साथै बाणगंगाका विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव भुसालमा छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका एसोसिएट उपाध्यक्ष पदका उम्मेद्वार हुन व्यवसायी रामजी सेन । सेन कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष, कपिलवस्तु सामुदायिक अस्पतालका पूर्व अध्यक्ष हुनुका साथै कपिलवस्तु विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव छ ।

क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यानलकी महिला उपाध्यक्ष हुन मिना पौडेल पोख्रेल । पौडेल संघकी कार्य समिति सदस्य सदस्य समेत हुन । पौडेलमा बाणगंगाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव छ ।

क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यालनका महासचिव उम्मेद्वार हुन् नवदत्त घिमिरे । घिमिरे संघमा दुई कार्यकाल सदस्य रही कार्य गरी सकेका व्यवसायी हुन् । घिमिरे लायन्स क्लब अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष, ज्ञान पुञ्ज इंगलिस बोडिगंका पूर्व अध्यक्ष समेत हुन् । घिमिरेमा विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव समेत रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका कोषाध्यक्ष पदका उम्मेद्वार हुन् युवा व्यसायी खेमलाल अधिकारी, अधिकारी संघका पूर्व कोषाध्यक्ष समेत हुन् । अधिकरीमा बाणगंगाका विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यानलका सचिव पदका उम्मेद्वार हुन् युवा व्यवसायी राजेश तिवारी । व्यवसायी तिवारीमा जिल्लाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका सह कोषाध्यक्ष हुन् युवा व्यसायी बसन्त कँडेल । कँडेल संघका कार्य समिति सदस्य समेत हुन । कँडेलमा जिल्लाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यानलका खुल्ला महिला सदस्य हुन विमला श्रेष्ठ । श्रेष्ठ संघका कार्य समिति सदस्य समेत हुन । खुल्ला महिला सदस्यहरुमा सिता पोख्रेल घिमिरे, लक्ष्मी गौतम गैरे रहेका छन् ।

यस्तै क्षेत्री नेृत्वको साझा व्यसायिक प्यालनका एसोसिएट तर्फका सदस्यका उम्मेद्वार हुन् युवा व्यसासायीद्धय लक्ष्मण भुसाल र मिन बहादुर थापा । युवा भुसाल र थापामा जिल्लाका विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव रहेको छ । भुसालमा संघमा एसोसिएट सदस्य रही कार्य गरेको अनुभव समेत रहेको छ ।

यस्तै क्षेत्री नेतृत्वका साझा व्यसायी प्यानलका क्षेत्रगत सदस्यहरुमा चारनम्बर क्षेत्र वाणिज्य सदस्य कृष्ण प्रसाद चालिसे, चारनम्बर क्षेत्र उद्योग सदस्य शिव प्रसाद सुवेदी । युवा व्यसायी चालिसे संघका कार्य समिति सदस्य समेत हुन् । चारनम्बरमा चालिसे र सुवेदी व्यससायीमाझ लोकप्रिय रहनुका साथै विभिन्न संघ संस्थामा कार्य गरेका अनुभव रहेको छ ।

बैरिया क्षेत्रगत सदस्य उम्मेद्वार हुन व्यवसायी विष्णु प्रसाद घिमिरे । घिमिरे संघको बैरिया उपसमिति संयोजक रही कार्य गरेको अनुभव रहनुका साथै बैरियामा व्यवसायीमाझ लोकप्रिय छन् ।

बनगाई क्षेत्रगत सदस्यमा कशेवराज बेल्बासे वाणिज्य तर्फ र रोशन बंजाडे उद्योग तर्फका उम्मेद्वार हुन् । बेल्बासे र बंजाडे बनगाईमा व्यवसायीमाझ लोकप्रिय रहनुका साथै विभिन्न संघ संस्थामा कार्य गरेका छन् ।

साझा व्यवसायिक प्यानलका गजेहडा क्षेत्र सदस्य वाणिज्यमा युवा व्यवसायी ऋषिराम थारु र उद्योग तर्फ सुरजमति रौतार थारु उम्मेद्वार हुन । ऋषिराम थारु बाणगंगा ४ का निवर्तमान वडा सदस्य जनप्रतिनिधि हुन । ऋषिराम र सुरजमिति थारुमा विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।

साझा व्यवसायिक प्यालनका पिपरा क्षेत्र सदस्य माधव आचार्य, कोपवा क्षेत्र तेज बहादुर थापा, बोर्डगाउँ क्षेत्र शान्त कुमार विसी ९सन्तोष०, ओदारी क्षेत्र, ऋषिराम सुवेदी, सन्त कुमार थारु पटना क्षेत्र सदस्य हुन् ।

क्षेत्रीले पनि चुनाव जितेमा संघलाई नयाँ उचाई दिने बताउँदै आएका छन् । मोहन न्यौपाने र स्वतन्त्र पार्टीका लक्ष्मण कँडेलले पनि चुनाव जित्ने दावी गरेका छन् । न्यौपानेले पनि गठबन्धनलाई तोड्दै जित हासिल गर्ने बताउँछन् । झिनो मतान्तरमा भए पनि आफू र अधिकांस आफ्ना उम्मेदवारले जित्ने न्यौपानेको दावी गरेका छन् ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६